चैत्र १६ काठमाडौँ । देशभर थप ४२ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् ।
पीसीआर विधिअनुसार देशभर १ सय २३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ४१ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
Post Views: 123


