चैत्र १४ काठमाडौँ । देशभर थप २४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा गरी थप २४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।
यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९ सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएका
छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
Post Views: 101


