"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नमुना शहर मध्यको बुर्तिबाङ शहरमा बसपार्क निर्माण सुरु

No data was found

Khabar Raftar

बिस्णु बिश्वकर्मा ,चैत्र ९ बाग्लुङ ।
नमुना शहर मध्यको बुर्तिबाङ शहरमा बसपार्क निर्माण सुरु मध्य पहाडी लोकमार्ग आसपासका क्षेत्रमा पर्ने दश नमुना शहर मध्यको बुर्तिबाङ शहरमा पछिल्लो समय बसपार्क निर्माण सुरु भएको छ ।
२०६८ सालदेखि सुरु भएको नयाँ शहर आयोजनाले विभिन्न योजना अगाडी बढाउँदै गर्दा आगामी २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको काम सम्पन्न गर्ने गरि जिम्मा पाएको गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रा.लीे. टोखा काठमान्डौले निर्माण सुरु गरेको हो ।
गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भई निर्माण सुरु गरेको कम्पनीले बसपार्क निर्माणको कामलाई अगाडी बढाएको हो । भुजिखोला छेउँमा मेसिनरी वाल निर्माण लगाएतका काम भइरहेको अवस्थामा बिहिबार ढोरपाटन नगरपालिका मेयर तथा नयां शहर आयोजना बुर्तिबाङका अध्यक्ष देवकुमार नेपालीले बसपार्कमा निर्माण सुरु गरिएको टर्मिनल भवनको सिल्यान्स गर्नुभएको हो ।
मेयर नेपालीले बसपार्क निर्माणले यस क्षेत्रका नागरिकलाई सहज हुने बताउँदै सवारी व्यवस्थापनमा सहजता र व्यवस्थित शहर हुने बताउनु भयो । नयाँ शहर आयोजनाले गर्दा यस क्षेत्रमा विभिन्न विकास निर्माणका काम भइहरेको बताउँदै बुर्तिबाङलाई अझै व्यवस्थित गराउने गरि काम गरिने बताउनु भयो । नयाँ शहर आयोजनाले ४ बर्ष पहिले दुई करोड लागतमा बसपार्क निर्माणका निम्ती जग्गा खरिद गरेको थियो ।
कुल दुई करोड २४ लाख ४० हजार चार सय ३१ रुपैयाँ ४ पैसा भ्याट बाहेक ठेक्कामा निर्माणको काम अगाडी बढाएको हो । यहाँ बसपार्क निर्माण सम्पन्न भएसंगै हाल सञ्चालित बुर्तिबाङ बजारको विचमा रहेको बसपार्कलाई जिप पार्कको रुपमा अगाडी बढाइने बताइएको छ । आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जनप्रतिनिधी, पत्रकार, प्रहरी स्थानीय , कर्मचारी लागएतको आतिथ्यता रहेको थियो कार्यक्रम नयाँ शहर आयोजना निमित्त आयोजना प्रमुख अविशेक अधिकारीको स्वागत, कर्मचारि नेत्र चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान