गणेश नेपाली, धनगढी
रंगभेद तथा सबै किसिमका
भेदभाव विरुद्धको दिवस
हामीले मनाईरहदा
तपाईलाई दिक्क लागेको नि
थहा भो हजुर
यो रंग भन्ने विभेद त
अर्कै महादेशको हो रे
हजुर बोले पछि
हामीले पत्याउनु पर्छ
बाहुन कालो भाको
मन पर्दैन तपाईलाई
दलित गोरो भाको नि
मन पर्दैन तपाईलाई
अनि कसरी भन्नुहुन्छ
रंगभेद अफ्रिकाको मात्र समस्या हो भनि
हामीले थहा पाएको
मन पर्दैन रे तपाईलाई
रेडियो, अखबार थहा दिन्छ
हामी के गरौं
टी वी ले थहा दिन्छ
हामी के गरौं
आजभोली त
सामाजिक संजालले नि थहा दिन्छ
हिजो हजुरका पूर्खाले
हाम्रा पूर्खालाई
धर्मका नाममा
पढ्न दिएनन्
सक्नु हुन्छ
संचार ठप्प पारि दिनोस्
स्कुल कलेज पढ्न
निषेध गरि दिनोस्
हाम्रो थहा पाउने अधिकार खोसी दिनोस्
अनि तपाईंलाई
हामी बर्ता भएको
हेर्नु पर्ने छैन्
रंगभेद विरुद्ध अफ्रिका जागेपछि
बाध्य भयो संयुक्त राष्ट्र संघ
सबै किसिमका भेदभाव विरुद्ध
पारित गर्न प्रस्ताव
लागू गर्न महासंधि
शार्पभिल्ले शहादतको सम्मानमा
हामीले २१ मार्च उत्सव मनाउदा
तपाईको टाउको दुख्यो
शिघ्र स्वास्थ्य लाभको कामना
कविता संग्रह कसनबाट


