फागुन १२ काठमाडौँ । राष्ट्रपतिको चुनावमा ८ सय ८२ जना मतदाताले मततदान गर्न पाउने भएका छन् । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा गरी ८ सय ८२ जना मतदाताले मततदान गर्न पाउने भएका हुन ।
राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा ८ सय ८४ जना मतदाता रहेकोमा मनाङ क्षेत्र नम्बर १ का सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् भने चितवन क्षेत्र नम्बर २ रवी लामीछानेको क्षेत्र पनि खाली रहेको छ ।
चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर, सर्वोच्च अदालतले नागरिकता प्रकरणमा सांसद हुन अयोग्य रहेको फैसला गरेपछि उक्त क्षेत्र खाली भएको हो ।
कैलाली क्षेत्र नम्बर २ का अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै उनको नाम मतदाता नामावलीमा समाबेश गरिए पछि राष्ट्रपतिको चुनावमा ८ सय ८२ मतदाता कायम भएको हो ।
Post Views: 90


