माघ २७ धनगढी । गोदावरी नगरपालिकाले सय दिने रोजगारीका लागि आवेदन माग गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै आर्थिक बर्ष २०८०÷०८१ का लागि सय दिने रोजगारीका लागि आवेदन माग गरेको हो ।
नगरपालीकाले आवेदन वडा कार्यालयबाट दिन सकिने जनाएको छ । आवेदन दिनका लागि फागुन मसान्त सम्मको समय तोकिएको छ । नगरपालिका रोजगार संयोजक राम लाल भट्टले सय दिने रोजगारीका लागि १८ बर्ष देखि ५९ बर्षका नेपाली नागरिकले आवेदन दिन सक्ने बताउदै आवेदन दिनको लागि वडामा फारमा पाइने जानकारी गराए ।
उनले चालु आर्थिक बर्षमा आवेदन दिएकाले आर्थिक बर्ष २०८०÷०८१ मा सहभागि हुन नपाउँने बताउदै सय दिने रोजगारीमा सहभागी हुनका लागि पुनः आवेदन दिनु पर्ने जानकारी गराए । रोजगार संयोजक भट्टले चालु आर्थिक बर्षमा १ हजार ५ सय ५८ जना सय दिने रोजगारीका लागि सुचिकृत भएको जानकारी गराउदै १ सय ४२ जनाले मात्रै काम पाएको जानकारी गराए ।
उनले चालु आर्थिक बर्षमा सबै वडाबाट कामदार छनौट गर्ने जानकारी गराउदै अधिकांस वडामा काम सुरु भइसकेको बताए । चालु आर्थिक बर्षको यस कार्यक्रमका लागि ८१ लाख ९९ हजार रकम विनियोजन गरिएको उनले जानकारी गराए ।



