"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा एस र स्वतन्त्रलाई समेटेर सरकार बनाउने तयारीमा मुख्यमन्त्री शाह

No data was found

Khabar Raftar

माघ २७ धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा एकीकृत समाजवादी र स्वतन्त्रलाई सरकारमा समावेश गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

शुक्रबार साढे ३ बजे पद तथा गोपनियताको सपथ लिन लागेका मुख्यमन्त्री शाहले नेकपा एसका प्रदेश सभा सदस्य र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीलाई मन्त्री बनाएर सरकारमा लिने तयारी गरेका हुन् ।
प्रदेश सभाबाट बहुमत प्राप्त नभएपछि राजेन्द्र रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । बिहिबार नियूक्त भएका शाहले एस र स्वतन्त्र प्रदेश सभा सदस्यलाई शुक्रबार मन्त्रीमा नियूक्त गर्ने भएका हुन् ।

संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियूक्त शाहले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा लग्ने गरि गृहकार्य गरिरहेको छ । प्रदेश सभा सदस्य प्रकाश बमले भने –‘नेकपा एस र स्वतन्त्र प्रदेश सभा सदस्यहरुलाई सरकारमा समावेश गरिन्छ । विस्तारै नेकपा माओवादी केन्द्रसंग पनि छलफल तथा वार्ता हुन्छ ।’

मुख्यमन्त्रीमा नियूक्त शाहले आफुलाई विश्वासको मत पाउन कठिन नरहेको बताए । उनले भने –‘मलाई विश्वासको मत पाउन कठिन छैन् । छिट्टै विश्वासको मत पाउँछु ।’ उनले अघिल्लो मुख्यमन्त्री भन्दा सबैले आफुलाई विश्वास गर्ने बताए । उनको संकेत नेकपा माओवादी केन्द्रले आफुलाई समर्थन गर्ने थियो ।
नेकपा माओवादी केन्द्रको समर्थन पाएमा उनको पक्षमा ३४ प्रदेश सभा सदस्य हुन्छन् ।

यद्यपी नेकपा माओवादी केन्द्रले अहिलेनै समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिएको छैन् । शाह भन्छन् –‘नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुसंग छुट्टा–छुट्टै छलफल गर्दा सकारात्मक छन् । यद्यपी दलको निर्णय आउन नसकेकोले समर्थन गर्ने वा नगर्नेबारे भन्न सक्दैन् ।’ नेकपा माओवादी केन्द्रले पनि प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नचाहेको उनको प्रतिक्रिया रहेको छ ।

प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा एसका ४ र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरि २४ जना रहेका छन् । यो संख्याका आधारमा मुख्यमन्त्री शाहलाई बहुमत पाउन सक्ने सम्भावना छैन् ।

सत्तागठबन्ध दलभित्रकै साथ र सहयोग लिएमा उनलाई बहुमत पाउन समस्या छैन् । सत्तागठबन्धन दलमा नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरि २९ प्रदेश सभा सदस्य रहेका छन् । नागरिक उन्मुक्ति पार्टीको सहयोग नपाउँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेका थिएनन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान