माघ २६ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत प्राप्त गर्न नसके पछि नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन । विहीबार बोलाईएको प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सभासदह्उपस्थित नभए पछि मुख्य मन्त्री रावलले विश्वासको मत प्राप्त गर्न नसक्दा नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्य मन्त्री बन्ने भएका हुन ।
नागरिक उन्मुक्तिको समेत समर्थनमा एक महिना अघि मुख्यमन्त्री भएका रावलले विश्वासको मत नपाउदा सरकार ढलेको छ । संविधानको धारा १६८ को २ अनुसार २ वा २ भन्दा बढीको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघिल्लो पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावलले विहीबार विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
त्यसैगरी धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसके ३ अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था अनुसार शाह मुख्य मन्त्री बन्ने भएका हुन । उनलाई शुभकामना तथा बधाई दिन सुरु भइसकेको छ ।


