"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

इन्दिरा रानामगरको यात्रा भुइँमान्छेको संरक्षणदेखि सदनको नेतृत्वसम्म

No data was found

Khabar Raftar

माघ ०८ काठमाडौं । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन्। झापाको अर्जुनधारा–११ सालबाडीनिवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन्। जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन्।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसकेकी उनलाई प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो। अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छिन्। बुवा स्वः प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी रानामगर २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्।

उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन्। घर छाडेर काठमाडौंमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिइन्।अर्जुनधाराको महारानीगन्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेको उनका दाजु जगत रानामगरले बताए। उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरेकी छिन्।

उनकी एउटी छोरी सुबिना राना छिन्।पारिजातले सञ्चालन गरेको मानव अधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन्। पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडा मात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाले उनलाई त्यतातिर तान्यो।उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरेकी छिन्। तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेको झापाको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिइन्।बन्दी सहायता नेपाल पिए नेपालकी अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन।

उनी लगातार बालअधिकार र मानवीय सेवामा लाग्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको गठन हुँदासमेत उनी कुनै पार्टीमा थिइनन्। रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी थिइन्। भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिएको बताइन्। छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद निर्वाचित गर्यो।

अब उनी जिम्मेवारी सांसदबाट धेरैमाथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेकी छिन्। सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो। सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन्। सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड, २०१४ मा नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वर्ल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ बाट सम्मानित भइसकेकी छिन्। सन् २०१७ मा बिबिसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान