"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विद्यमान विद्यार्थी आन्दोलन र स्ववियुले क्रान्तिकारीलाई दिएको अवसर

No data was found

Khabar Raftar

बबरजंग सिह , हामी कस्तो चाहान्छौ त नेपालको राजनितीक व्यवस्था अनि त्यो भित्रको शिक्षा र शिक्षा संगै जोडिएको युवा विद्यार्थीको भविष्य र वर्तमान परिवेशमा सबैतिर बाट हेर्दा नेपालको संसदीय व्यवस्था भित्रको शिक्षा प्रणालीमा आश गर्ने ठाउँ छैन । यस्तो हुनुको पछाडि मुख्यत यो दलाल संसदीय व्यवस्थाकै दोष हो सहायक अरु पनि होलान् । देशको राजनिती र युवा विद्यार्थीको उपस्तिथि निराशाजनक हुनुको कारण के ? यसलाई कसरी हेर्न सकिन्छ ?

भूमिका – नेपालको विद्यार्थी आन्दोलन निकै उतारचडावको स्थितीबाट अगाडी बढेरिहेको छ । विद्यार्थी आन्दोलन लामो संघर्ष र इमान्दारीका साथ नेतृत्व गर्ने नेताहरू योगदानले स्थापित भएको हो । गंगालाल श्रेष्ठ देखी बेनोज अधिकारी सम्मका नेताहरूको वलिदानी पूर्ण संघर्षले आन्दोलनको इतिहास संचित छ । जहानिय राणा शासन बिरुद्ध होस वा पञ्चायत बिरूद्ध नेपाली विद्यार्थी आन्दोलन सधै अग्रणी मोर्चामा रही रह्यो । राजतन्त्र बिरूद्धको आन्दोलनमा गोर्खाका दिल बहादुर रम्तेल लगायत थुप्रै विद्यार्थी नेताहरूको त्याग र वलिदान गरे । शिक्षा क्षेत्रमा भइरहेको तीब्र व्यापारीकरण तथा विकृती र विसंगति बिरुद्ध आन्दोलन चलाउने क्रममा विद्यार्थिहरू आफु पढ्ने कक्षा देखी सडक सम्म उत्रेका छन । राज्यले विद्यार्थीका आवाज माथि प्रतिवन्ध लगाए पछि कलम छोडेर बन्दुक बोक्नु परेको नेपालको विद्यार्थी आन्दोलनको अतीत हो ।

दश बर्षे महान जनयुद्ध पछि आन्दोलनबाट स्थापित नेतृत्व र माओवादी आन्दोलन नै मुख्य नेतृत्वको वैमानी र आत्मसमर्पणले गर्दा सुधारको दिशा उन्मुख हुनुको साटो तत्कालीन नेतृत्वकै लगानीमा निजि शिक्षण सस्थां च्याऊ जस्तै खुलेका छन ।उदारीकरणको नाममा निजि शिक्षण सस्थाले शिक्षालाई मुनाफा युक्त ब्यापारको केन्द्र बनाएका छन । राज्यले निशुल्क प्रदान गर्नु पर्ने शिक्षालाई ब्यापारको बिषय बनाउनु दुस्खद बिषय हो । तर शिक्षाका नाममा व्यापार मौलाएको छ । संविधानमा मौलिक अधिकारको व्यवस्था गरेपनि सरकार शिक्षामा भइरहेको व्यापारीकरण रोक्ने तर्फ उदासीन छ । राज्य कै प्रतिनिधित्व गर्नेहरुले निजीकरणलाई प्राथमिकता दिइएका छन।

शिक्षाको व्यापारीकरणका कारण नेपाल सरकारको प्रत्यक्ष लगानी रहेका शिक्षण संस्थाहरू धराशायी बन्दैछन । सरकारको शिक्षा सम्वन्धी प्रष्ट नीति नभएको कारण यसको फाइदा उठाउदै निजि क्षेत्रले शिक्षालाई ब्यवसायीकरण गर्दै आइरहेका छन । सामुदायिक शिक्षा गलत राजनीतिको केन्द्र बनाइरहेका छन। उदाहरणको रुपमा सामुदायिक बिद्यालयको अध्यक्ष बन्न ३५र४० जनाको उम्मेदवारी पर्नुले घाम झै छर्लङ्ग छकि त्यो भित्र कति ठूला भ्रष्टाचारका पोकाहरु छन् भनेर १ सरकारले शिक्षा क्षेत्रमा देखाएको उदासीनताले आज नेपालको शिक्षा क्षेत्रमा हुने खाने र हुदाँ खाने बिचको भिन्नता प्रष्ट देखिन्छ । अहिले नर्सरी देखी विश्वविद्यालय सम्ममा दुइथरी शिक्षा छ, शिक्षामा असमानता छ । असमान शिक्षा र समान प्रतिस्पर्धा आफैमा बिडम्वना हो ।

भनिन्छ,नेपाल बहुभाषीक र बहुसांकृतिक विशेषतायुक्त मुलुक हो । भाषीक आधारमा शिक्षा प्राप्त गर्ने अधिकार विद्यार्थीलाई दिन जरूरी छ । भाषिक शिक्षाले लोप हुदै गएको भाषाको रक्षा र सस्कृतीको संरक्षण गर्दछ । हिमाल,पहाड र तराई भौगोलिक रूपमा पनि विशेषता रहेको छ । नेपालको भुगोल र माटो सुहाउदों बैज्ञानिक तथा ब्यवहारीक शिक्षा आजको आवश्यकता हो । जुम्लाको स्याउ खेर गइरहेको छ। भारतको सिम्लाको स्याउले बजार पाएको छ । यो भन्दा अर्को दुस्खद हाम्रा लागि के हुनसक्छ ?

राज्यको शैक्षिक नीति निमार्ण गर्नु पर्ने बेला, वर्तमान समयमा नेपाली विद्यार्थी आन्दोलन र समग्र शिक्षा क्षेत्रको बिसंगति बिरुद्ध संघर्षरत छ । विद्यालय र विश्वविद्यालयमा भएका समस्या पहिचान गर्न लामो संघर्ष गरेपनि उपलब्धि देखिएको छैन् । २१ औ शताव्दीमा पनि शिक्षालयमा सफा शौचालयको निर्माण र शुद्ध खानेपानीको आपुर्ति विद्यार्थी आन्दोलनको नारा छ । यस्ता बिषयलाई आन्दोलनको नारा बनाउनु पर्ने विडम्बना बिद्यमान छ ।

यहि परिवेशको बिचमा त्रिभुवन विश्वबिद्यालले स्ववियु घोषणा गरेको छ । आज सम्मका स्ववियु चुनाव र त्यसले चयन गरेका नेतृत्व विद्यार्थीको काधमा टेकेर मिनि पार्लामेन्टको रुपमा प्रयोग गर्ने र सत्ता भर्याङको अवसर बनाउने थलोको रुपमा लिएको देखिन्छ। यो बिसयमा गम्भीर रुपमा छलफल गरि अहिलेको शिक्षाले जन्माएको बेरोजगारी अन्त्य संगै नेपालको सामुदायिक शिक्षा प्रतिको जनसमुदायको अविश्वास जुन छ यसलाइ विश्वाशिलो बनाउने बिषयमा गम्भीर बहस हुन जरूरी छ । ब्यवहारीक शिक्षाको पक्षमा क्रान्तिकारीले निति तथा योजना निर्माण गर्न दवाब दिनुपर्ने स्थिति छ। जनयुद्द, जनआन्दोलनबाट पैदा भएको सामुदायिक चेतना र आजको आवस्यकतालाई एकीकृत जनक्रान्तीसंग जोडेर समाजवादी शिक्षाको बाटोमा डोर्‍याउनु क्रान्तिकारी विद्यार्थीको दायित्व र जिम्मेवारी हुनुपर्छ ।

विद्यालय र विश्वविद्यालय लगायत समग्र मुलुकको शैक्षिक समस्याको समाधान राज्यको नितिमा उल्लेख गर्न जरूरी छ । हुन त नेपालको शिक्षा नितिमा एउटा हुन्छ। ब्यवहारमा अर्को यो रोगको निदान संगठनले आन्दोलनको बलमा ध्वस्त गर्न जरुरी छ। क्रान्तिकारी संगठनको मुल नीति नै निम्न श्रमजीवी बर्गका छोराछोरीहरुले पनि प्रविधियुक्त बैज्ञानिक,ब्यवहारीक र नेपालको माटो सुहाउदो शिक्षा संग पहुँच राख्न सक्ने हुनुपर्छ। लगानीको आधारमा अध्ययन गर्न पाउने होइनकी क्षमताको आधारमा सबै बर्ग क्षेत्रका बालबालिकाले अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्नु पर्दछ । मुख्यत शिक्षालाई उत्पादन र मुलुको समग्र विकास संग जोड्ने काम युवा विद्यार्थिको हो । त्यो वातावरण राज्यले गर्नु बनाउनु पर्छ ।

यो देशमा त क्रियाशिल विद्यार्थी संगठनलाई छिन्नभिन्न पार्ने र सत्ता केन्द्रीकृत भर्याङ्ग बनाउने हुदा अधिकांश संसदीय पार्टी यहि सत्ताको चलखेलसंग बल प्रयोगको लागि मात्र विद्यार्थी संगठनलाइ प्रयोग गरेको देखिन्छ। यो विद्यार्थी आन्दोलनका लागि दुस्खद पक्ष हो। हामीले हेर्यौ यतिबेला विचार सिद्धान्त मिलेर होइन स्वार्थ र सम्झौताको समर्थनमा सरकार बनेको छ ।

केही सरकारी विद्यार्थी संगठनका नेता कोट पैन्ट र दाउरा सुरुवाल सिलाउन थाली सके किन कि तिनी बिद्यार्थी आन्दोलनलाई सत्ता र स्वार्थ संग साटेर स्वकीय सचीवमा सरकारी नियुक्ति थाप्न आतुर छन। आदर्शको मालिक ब्यवहारको दास विद्यार्थी संगठन बन्नु बिद्यार्थी आन्दोलन प्रतिको भरोसा टुट्नु हो। यी सबै विषयको सूक्ष्म अध्ययन तथा सचेत पहलकदमीले मात्र हाम्रो विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन    सकिन्छ । आवस्यक परे पार्टी र नेताहरूलाई समेत युवा विद्यार्थी नेतृत्वले खवरदारी गर्नु पर्ने आजको आवश्यकता हो ।

हो हामिलाइ थाहा छ । विद्यार्थी मोर्चालाई माऊ पार्टीहरूले नेता उत्पादनको थलोको रुपमा प्रयोग गरेको हुन्छ। यसलाइ सहि अर्थमा भन्नुपर्दा आजको विद्यार्थी नेता भोलिको पार्टीको समेत नेतृत्वकर्ता हो। तर विद्यार्थी रहदा सम्म विद्यार्थीको मुद्दामा इमान्दार बन्नु भयो भने विद्यार्थी संगठन प्रतिको भरोसा कायम रहन्छ।

यतिबेला क्रान्तिकारी आन्दोलनमा चौतर्फी निराशा छाईरहेको बेला स्ववियु घोषणाले हामी विद्यार्थीलाइ उत्साह पैदा गरेको छ। यसलाइ क्रान्तिकारीको पक्षमा ल्याउन जरुरी छ। ‘सडक बाघ’को रूपमा परिचित संगठनले देशभर नेतृत्व बिवेकी जुझारु विद्यार्थीको बिचमा उभ्याउन सक्नु पर्छ । आज विद्यार्थी आन्दोलनमा एज र एजेन्डाको बिषय चर्को आवाजमा उठेको छ । स्ववियु चुनावमा उमेर हद लगाई सकेको अवस्थामा हामिले हाम्रो विद्यार्थी नेतृत्व संगठनमा फ्रेस नेता उभ्याउनै पर्छ।

नेतृत्वको बिकास राता रात हुने होईन, आन्दोलन र संघर्षले नेताको जन्म हुन्छ । नेताको निर्माण हुने काम जटिल प्रक्रिया हो । हामी भित्र अरु सरकारी अर्थात संसदीय पार्टीका भात्री संगठन जस्तो गुट उपगुट त छैन। यसको प्रष्ट्याउने आधार हामीले दिनसक्नु पर्छ । त्यसैले विद्यार्थी प्रतिनिधिलाई आफ्नो नेता आफै छनौट गर्न दिने अधिकार दिनु पर्छ । यसको जिम्मा अझ बढी हाम्रो काधमा आएको छ। जिते जितिन्छ। हारे सिकिन्छ। जित हार होइन क्रान्तिकारी विद्यार्थी आन्दोलन संग सदैव हाम्रो संगठन उभिने नै छ । विद्यार्थी आन्दोलन प्रतिपक्ष आन्दोलन हो ।

आवश्यकता अनुसार आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्ने सवालमा नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेशणको आधारमा गरेको सहमतिहरू धेरै सफल भएका छन । सार्वाजनिक यातयातका साधनमा विद्यार्थीलाई पैचालीस प्रतिसत छुट छ । छात्रवृत्ति लगायतका बिसयमा अखिल ९क्रान्तिकारी०का नेतृत्वको महत्वपुर्ण योगदान छ । यति मात्र उपलब्धिमा हामी नेता बनिरहने छुट तपाईं हामीलाइ छैन। आज शिक्षामा भएको पुजि र प्रतिभा पलायन रोक्न सक्नुपर्छ।

अखिल क्रान्तिकारीका नेताले बिगत टाउकोमा कफन बाधेर कलम कापी सहित जनयुद्ध तथा एकीकृत जनक्रान्तिमा बगाएको रगतको मर्म अनुरुप अगाडी बढ्नु पर्छ । हुनत हामी भित्र कै एकथरी साथीहरु क्रान्तिकारी भनिरहेका छन। सत्ताको भत्तामा रमाइरहेका छन। हामिले आश्चर्य मान्न पर्दैन। यो छुट्याउने जिम्मा आम विद्यार्थीको हो । यदि कहि कतै हामी भित्र पनि क्रान्तिकारी नेता पनि हुने अराजकजकता बढाउने रोग लाग्दैछ। भने रोक्न जरुरी छ ।

आज विद्यार्थी संगठन बदनामीत भएका छन। आन्दोलनका नाममा चन्दा उठाउने काम आन्दोलनलाई तुहाउने,गर्ने दिनभर आन्दोलन साझ तिनै माफिया संग रक्सिका भट्टिमा भेटिने यस्तै गतिविधीले आज संगठनमा फ्रेस र स्वच्छ छविका विद्यार्थीको आकर्षण घटिरहेको छ। भने विद्यार्थी संगठन प्रतिको बिश्वासमा समेत प्रश्न खडा गरेको छ। यसको जवाफ हाम्रो संगठनले दिन परिरहेको छ।

क्रान्तिकारी नेताहरू अझ हाम्रो संगठन यस्ता प्रकारका प्राविधिक बिषयमा रमाऊने र उतै हराउने छुट हामिलाइ छैन । संगठनलाई आर्थिक पारदर्शीता क्रान्तिकारी बिद्यार्थीको आजको आवश्यकता हो । जो हाम्रो संगठनले हिम्मत गरेको छ । सचेत युवा विद्मार्थि र विद्यार्थी संगठनको कर्तब्य विद्यालय, विश्वविद्यालयको बिसंगति बिरुद्ध संघर्ष गर्दै आफ्नो समाजको विकृति हटाउन पनि भूमिका निर्वाह गर्नु हो।

संगठनका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी र वेपत्ता तत्कालीन महासचिव पुर्ण पौडेल,जनम बरालले विकृत अखिल क्रान्तिकारी बनाउन रगत बगाएका थिएनन । आज अखिल क्रान्तिकारीको नाममा एकथरी सत्तासिन संगठनको नेतृत्वले शहिद र बेपत्ता नेताहरूले देखेको सपना पुरा गर्ने प्रतिवद्धता जनाउनुको साटो संसदीय भासमा अर्थात सत्ता लिप्त भएको पार्टीलाई नै मलजल गरेर प्रमोढ गरिरहेको हुदा वास्तविक अखिल९क्रान्तिकारी० कुन हो केही समय सम्म विद्यार्थीलाई छुट्याउन गाह्रो थियो।

तत्कालीन संगठनको केन्द्रिय सदस्य क।प्रज्वल शाहिको सहादतले यो बिसय प्रष्ट पारेको छ। कि हाम्रो संगठनले सत्ताको होइन सहिदको बाटो लिएको छ। तपाईं हामिलाइ थाहा छ। सत्तासिन विद्यार्थी संगठन नितिको लागि होइन नेताको लागि आन्दोलन गरिरहेका छन। यसलाइ चिर्नु तपाइँ हाम्रो दायित्व हो ।

र आजको हाम्रो देशको शिक्षा प्रणालीमा नयाँ बहसको सिर्जना गर्न जरुरी भएको छ । विद्यालय र विश्वविद्यालयले कसरी पठनपाठन गर्ने भन्दा पनि के पढाउने भन्ने बिसयको महत्त्व र आवश्यकतालाई दृस्ठिगत गर्न जरुरी छ । हामिले देखिरहेका छौं । आज शिक्षा,मानविकी र ब्यवस्थान बिसयको कुरै छोडौ प्राविधिक शिक्षाका नाउँमा पनि हजारौं इन्जिनियर,हजारौ हजार नर्स, यस्तै डक्टर उत्पादन गरेर त्यसको खपत मार्केट के होरु राज्य एकिन तथ्यांक छैन र कुनै अत्तोपत्तो छैन ।

शैक्षिक बेरोजगार दिनप्रतिदिन बढ्दो क्रममा छ। युवाहरूको अगाडि रोजगारीको एउटै आधार त्यो पनि स्वदेश होइन बिदेश बनेको छ। नेपालको इतिहास विदेशीले लेखेका किताब विद्यार्थीले पढ्नु पर्ने स्थिति छ , आज हाम्रो विद्यार्थीले आफ्नो देशको राष्ट्रियता बुझ्दैन , देशको स्वाभिमान बुझ्दैन ,समाज बुझ्दैन , जीवनको व्यावहारिक पाटो बुझ्दैन अनि हामी कस्तो शिक्षा दिंदैछौ भन्ने प्रश्न यहि नेरि उत्पन्न भैरहेको छ रु नेपालका विद्यालय र विश्वविद्यालयले वर्षौं पुराना पाठ्यक्रम घोगाउने अवस्था अझै जीवित छ ।

यो अवस्था आउदा समेत किन हामी विश्व प्रतिस्पर्धी शिक्षा प्रणाली लागू गर्न सक्दैनौंरु मूल बहस यता गर्नपर्ने हुन्छ । शिक्षा साच्चिकै व्यापार हो की रु व्यवसाय यसको एकिन गर्नपर्ने ठाउँमा हाम्रो देशको शिक्षा प्रणाली रहेको छ । नेपालको संविधान २०७२ को प्रस्तावना न। ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ ।

प्रस्तावना ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ र संविधानकै धारा ३१ को उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था छ। तर संविधानले गरेको व्यवस्थालाई नै मिची नेपालका निजी शैक्षिक संस्थामा अङ्ग्रेजी भाषा त छँदै थियो । तर अहिले सामुदायिक र सरकारी स्कुलका विद्यालयमा समेत अङ्ग्रेजी भाषाका नाममा शुल्क उठाउने प्रवृत्ति बढ्दै गएको छ ।

के यहीँ हो त मौलिक हकरु यसको अनुगमन कसले गर्ने हो रु राज्य मौन छ १ यदि तपाइँ हामी आफुलाइ विद्यार्थी नेता र विद्यार्थी संगठन भन्न रुचाउछौ भने आउनुहोस् बहस गरौं। राज्यका यी तमाम मौनतालाई हाम्रो संगठन अखिल क्रान्तिकारीले नीतिगत रुपमा उजागर गर्नुका साथै भण्डाफोर गर्दै पनि आएको छ । र आगामी दिनमा अझै सशक्त तरिकाले अगाडि बढ्ने छ।

मुलकको असमान शिक्षालाई समान र गुणस्तरयुक्त निःशुल्क माटो सुहाउदो ब्यवहारीक सर्वशुलव शिक्षाको नितिलाई कार्यान्वयन गर्ने जुझारु नेतृत्व आजको आवश्यकता हो । सिर्जनशिल र रचानात्मक नेता क्रान्तिकारी विद्यार्थीले चाहेका छन । इतिहासले त्यो नेतृत्व गर्ने ठाउमा र जवाफ दिने ठाउमा हामिलाइ पुर्याएको छ। बिश्वास गर्नुहोस् । यो स्ववियु क्रान्तिकारीहरुलाइ आशा अवसरवादीहरुलाई पाखा लगाउने हुनु पर्दछ । लेखक – अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान