"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव जाति ‘सी’ एक चर्चा

No data was found

Khabar Raftar

भीम भारती । हालै नेपाली राजनीति तथा नेपाली वामपन्थी कम्युनिस्ट आन्दोलनको अत्यन्त लोकप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ । प्रतिक्रियावादी तथा दलाल पुँजिवादी संसदीय राज्य व्यवस्था र सरकारको हाम्रो पार्टी तथा मजदुर किसान जनताप्रतिको निरंकुश दमनका बाबजुद पार्टीद्वारा आफ्नै बलबुतामा निर्मित कपिलवस्तुको शिवगढीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा असोज २५ देखि कात्तिक २ गतेसम्म भएको ऐतिहासिक नवौ महाधिवेशनले समग्र नेपाली राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनलाई दीर्घकालीन रुपले प्रभाव पार्ने गरि दुरगामी महत्त्वका केही प्रस्तावहरु पारित गरेको छ ।

पार्टीको ऐतिहासिक महाधिवेशनले मालेमावादी तथा ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवादी विज्ञानमा दर्शन, राजनीति र अर्थशास्त्रको क्षेत्रमा मात्रै होइन कम्युनिस्ट संस्कृति र रुपान्तरणको क्षेत्रमा समेत महत्त्वपूर्ण निर्णयहरु गरेको छ । निश्चय नै नेपाली राजनीतिको क्रान्तिकारी शक्ति हुनुको हिसाबमा पार्टीको महाधिवेशनले नयाँ खालका संगठनात्मक निर्णय समेत गरेको छ । नवौ महाधिवेशन सफल पारेर सहभागीहरु आफ्ना कार्यक्षेत्रमा पुग्दा नपुग्दै नेकपाको महाधिवेशनबाट पारित निर्णणहरु अहिले नेपाली राजनीतिक बजारमा चर्चा, परिचर्चा, छलफल, टिकाटिप्पनी हुने मात्रै होइन यसमा विभिन्न कोणहरुबाट वहसहरु समेत भएको पाइन्छ ।

निःसन्देह ऐतिहासिक नवौं महाधिवेशनका सबै निर्णयहरुमा नेपाली राजनीतिक बजारमा चर्चा, छलफल र वहस हुने गरेको छ तर खास गरेर महाधिवेशनले गरेको एउटा खास निर्णयमा अहिले राजनीति र मिडियाको बजार अलि बढि तातिएको छ । त्यो बिषय हो– पार्टीको नवौ महाधिवेशनद्वारा विशेष रुपमा निर्णय गरिएको पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले आफ्नो नामको पछाडि रहेको जात,थर हटाएर सी लेख्ने कुरा ।
मानिस मानिसबिचमा जन्मको आधारमा, रङ र वर्णको आधारमा, भेक, क्षेत्र, लिङग र वर्गको आधारमा संसारमा हुने भेदभावबाट मानिसहरुलाई मुक्त गर्ने ऐतिहासिक जिम्मेवारी केवल क्रान्तिकारी कम्युनिस्टहरुको काँधमा मात्रै रहेको छ। किनकि पुँजिवादीहरुले त मानिसहरुबिचको विभेदलाई नै बढावा दिइरहेका छन् ।

नेकपाको नवौं महाधिवेशनमा सहभागीहरुले पाँचवटा महत्त्वपूर्ण काम गरेका छौं । ती हुन –१) महाधिवेशनमा महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा नीति र कार्यक्रम पास । २) पार्टीको विधान पास। ३) १० बुँदे समसामयिक प्रस्ताव पारित । ४) ३ बुँदे विशेष निर्णय पास र नेपाली मजदुर, किसान, श्रमजीवी, सर्वहारा तथा प्रगतिशील वर्गको सेवा गर्ने कम्युनिस्ट पार्टीको संगठन निर्माण आदि ।

माथि पनि भनियो, महाधिवेशनले पारित गरेका हरेक बिषयमा नेपाली राजनीतिक बजारमा चर्चा छ । बढी चर्चिएको बिषय भनेको महाधिवेशनद्वारा पास गरिएका उपर्युक्त बुँदाहरुमध्ये बुँदा नम्बर ४ अर्थात तीनबुँदे बिशेष निर्णयमा समेटिएको संसारमा कुनैपनि विभेदरहित नयाँ मानवजातिको निर्माण गर्ने पहिलो पहलस्वरुप कम्युनिस्ट पार्टीका सम्पूर्ण सदस्यहरुको नामको पछाडि सी लेख्ने बिशेष निर्णयमा विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको पाइन्छ भनेर माथि पनि उल्लेख भइसकेको छ । सर्वप्रथम पार्टीले अथवा पार्टीको महाधिवेशनले किन यस्तो बिशेष निर्णय गर्याे ? यसको अर्थ र महत्त्व के हो भन्ने बिषयमा यो लेख मार्फत तपाइलाई सक्दो जानकारी दिने कोशिस गर्दछु ।

पार्टीको नवौं महाधिवेशनद्वारा पारित प्रतिवेदनमा भनिएको छ, विश्वको भू–मण्डलिकृत चरित्र एवं भू–मण्डलिकृत पुँजिवादको अन्तर्राष्ट्रिय प्रवृत्तिका कारणले पनि कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्बन्ध केवल व्यवहारिक आवश्यकता दृष्टिले मात्र नभई सैद्धान्तिक एवं नीतिगत रुपले नै विश्वव्यापी हुन आवश्यक छ । (नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन तथा नीति र कार्यक्रम पृष्ठ ८८) महाधिवेशनद्वारा पारित दस्तावेजमा उपर्युक्त वाक्यांशहरुले प्रतिध्रुविय खेमा विरुद्ध संसारका वामपन्थी, प्रगतिशील कम्युनिस्टहरु तथा समाजवादीहरु सैद्धान्तिक एवं नीतिगत रुपले पहिचान सहित विश्वव्यापी रुपले एकजुट हुनुपर्ने आवश्यकताको वकालत गर्छ।

संसारमा विश्व कम्युनिस्ट आन्दोलनको एउटा कुनै आधिकारिक सर्वमान्य संजाल छैन। त्यसकारण सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा निर्माण गरिएको कम्युनिस्ट पार्टीको घोषणा–पत्रलाई आधार मानेर संसारका जुनसुकै देशमा स्थापना भएर हँसिया र हथौडा अंकित झण्डामुनि गोलवद्व भएका समाजवादीहरुको एउटै साझा उद्देश्य हुने भएकोले तिनिहरुको एउटा प्रभावशाली अन्तर्राष्ट्रिय संजाल हुन आवश्यक छ।त्यसको निर्माण गर्न पनि सी ले भुमिका खेल्न सक्छ भन्ने हो ।

शाव्दिक र राजनीतिक रुपमा सी ः सी लाई अंग्रेजी वर्णबाट लिइएको हो । यो केवल नेकपा वा हाम्रो पार्टीको मात्रै विशिष्ट कुरा नभएर एक सार्वभौम बिषय हो । कम्युनिस्ट शब्दलाई अंग्रेजीमा लेख्दा ऋयmmगलष्कत लेखिन्छ । कम्युनिस्ट सिद्धान्त मान्नेलाई वा कम्युनिस्टहरुमा एकअर्कालाई बोलाउदा कमरेड भन्ने चलन रहेको छ । कमरेडलाई अंग्रेजीमा (Commrade) लेखिन्छ । नेपाली शब्दकोष अथवा राजनीतिक र सामाजिक अर्थमा कमरेड भनेको साथी, सहपाठी, पासा, लुङ्गा, साथदिने, साथमा रहेर सहयोग गर्ने, सहकार्य गर्ने, विस्वासको पात्र अथवा दुश्मनको उल्टो भन्ने हुन्छ । अनि कम्युनिस्ट सिद्धान्त मान्ने संसार भरिका मानिसहरुको वा भनौं कमरेड (Communism) हरुको एउटै साझा उद्देश्य रहेको हुन्छ त्यो हो– साम्यवाद (Communism) प्राप्त गर्ने । नेपाली शब्दकोषलाई नै आधार मान्ने हो भनेपनि कम्युनिस्टको अर्थ साम्यवादी विचारको (Commrade) को अनुयायी हुन्छ ।
त्यसकारण यहाँ कमरेड (ऋयmmचबमभ), कम्युनिस्ट (ऋयmmगलष्कत) र साम्यवाद वा कम्युनिजम Communism) भन्ने शब्दहरु अंग्रेजी वर्णको ‘ऋ’ बाट शुरु भएका छन् वा हुन्छन् । साम्यवादी महान् आदर्श प्राप्तिको बाटोमा लामवद्व हुँदा प्रयोग हुने विचार, सिद्धान्त, पद, लक्ष्य र उद्देश्य ऋ बाट हुन्छ । त्यसकारण अंग्रेजी वर्णको ऋ लाई नेपालीमा सी लेख्ने नवौं महाधिवेशनको राजनीतिक मर्म हो ।
कम्युनिस्ट विचार ग्रहन गरेर कम्युनिजमको लागि संसारका हरेक कुनामा लडिरहेका र कयौं देशहरुमा सरकार र सत्ता संचालन गरिरहेका कमरेडहरुले राजनीतिक रुपमा यति गहिरो र सघन अर्थ राख्ने सीलाई आफ्नो नामको पछाडि किन नलेख्ने ? जो कम्युनिस्ट हो, उसले निःसन्दह सी लेख्ने ।धक फुकाएर सी लेख्ने, गर्वकासाथ सी लेख्ने । सी लेखेरै भू–मण्डलिकृत पुँजिवाद अर्थात साम्राज्यवादलाई धुलो चटाएर पृथ्वीबाट अन्त्य गर्ने ।
साँस्कृतिक रुपमा सी ः साम्यवादी अर्थात कम्युनिस्ट आन्दोलन भनेको संसारभरिका श्रमजीवीहरुको एउटा वैज्ञानिक, जनवादी तथा प्रगतिशील संस्कृतिको निर्माण र स्थापना गर्नु पनि हो । पुँजिवादी छाडा, उपचोक्तावादी संस्कृतिको विरुद्धमा जनवादी र कम्युनिस्ट संस्कृति लाखौंगुणा प्रगतिशील रहेको छ । विभित्र देशहरुमा क्रान्तिद्वारा कम्युनिस्ट समाजवादी सरकार र सत्ताहरु स्थापना भएको भए पनि साँस्कृतिक रुपमा सभ्य र व्यवस्थित हुन नसक्दा समाजवादी कम्युनिस्ट सत्ताहरु संसोधन हुने, हराउने, विलाउने र ढल्ने भएका छन्। राजनीतिक क्रान्ति, आन्दोलन वा गतिविधि गर्ने कम्युनिस्टहरुले आन्दोलनको चरणदेखि नै कम्युनिस्ट संस्कृतिको विकास गर्न जरुरी देखिन्छ । हरेक देश र समाजका भिन्न भिन्नै चाल चलन र रितिरिवाज रहेका हुन्छन् । ती चाल चलन, रितिरिवाज र संस्कृतिहरुलाई वैज्ञानिकिकरण, जनवादीकरण साथै कम्युनिस्टकरण गराउनु त छदैछ ।

संसारभरिका कम्युनिस्टहरुलाई सार्वभौम रुपमा मान्यहुने केहि संस्कृति निर्माणको पहल गर्नुपर्ने हुन्छ । साँस्कृतिक रुपमा सी संसारभरिका कम्युनिस्ट र समाजवादी, साम्यवादीहरुलाई एउटै मालामा उन्ने डोरि वा सेतु बन्नसक्छ । त्यसकारण सी संसारमा एउटा साझा कम्युनिस्ट जाति निर्माण गर्नको लागि विश्व साँस्कृतिक क्रान्तिको पहिलो र महत्त्वपूर्ण कदम सावित हुनसक्छ । यहाँनेर सम्झनुपर्ने र उल्लेख गर्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण बिषय रहेको छ, त्यो भनेको– संसारका जुनसुकै कुनामा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुले युजे पोत्तरले लेखेको अन्तर्राष्ट्रिय गीत गाउने गर्छन् ।

ती कम्युनिस्टहरुले आफ्नो कुनैपनि औपचारिक कार्यक्रम शुरु गर्नुभन्दा पहिले उठ जाग हे भोका नाङ्गा भन्दै गीत गाएर हरेक कार्यक्रमको थालनी गर्दछन् । उठ जाग हे भोका नाङ्गा.. बोलको गीतमा, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर लेखिएको छ र त्यहि शब्द भाका हालेर उहीँ लय र संगितमा संसारभरि    गाइन्छ । गीतहरु केवल फगत गाएर कण्ठ गर्नको लागि मात्रै होइन कि सहि गीतको भावलाई जीवन व्यवहारमा लागू गर्ने पनि मानवको दायित्व हुन आउँछ । त्यसकारण संसारभरि गाइने सो गीतको भाव अनुसार भावलाई व्यवहारमा प्रयोग र लागू गर्दा सी नै सर्वमान्य हिसाबले कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय जातिको संकेतको रुपमा स्थापित हुनसक्छ । यो कम्युनिस्ट अन्तर्राष्ट्रिय संस्कृति पनि हो ।

भाषा विज्ञान र साहित्यिक रुपमा सी ः भाषिक रुपमा ‘ऋ’ अंग्रेजीभाषा वर्णको ब् र द्य पछिको तेस्रो वर्ण     हो । हामी नेपालीको संचारको माध्यम नेपालीभाषा भएकोले ‘ऋ’ लाई पनि आफ्नै देशको भाषामा अभिव्यक्ति गर्नुपर्ने हुन्छ । त्यसकारण नेपाली वर्णमा ‘ऋ’ लाई व्यक्त गर्दा सी लेखिएको र भएको हो । जहाँसम्म भनिरहनु परोइन कि, नेपाली वर्णविन्यास अनुसार स्वरवर्णको स र व्यंजनवर्णको ई मिलेर सी बन्छ। अरु सजिलोको लागि स+ई= सी भएको हो र हुन्छ ।

अंग्रेजी ऋ लाई नेपालीमा सी लेख्दा भाषा विज्ञानमा यहि हो । साहित्यमा हरेक शब्दका तिनवटा अर्थ र सुविधा हुन्छन् ती हुन् – अभिधा, लक्षणा र व्यंजना । अब यहाँ सी लाई साहित्यमा हेर्दा र बुझ्दा यसको अभिधा अर्थ भनेको माथि भनिए जस्तै कमरेड, कम्युनिस्ट र कम्युनिजम नै हो । यहाँ संसारका सबै मानिसहरुको एउटै जाति बनाउने बिषय, पृथ्वीको एक कुनादेखि अर्को कुनामा बस्ने हरेक मानवमा विभेदरहित रहित भाइचारा सम्बन्ध (बसुधैव कुटुम्बकमको भावना जागृत गर्न) कायम बनाउने बिषय सी को लक्षणा अर्थ हो। व्यंजना अर्थमा सी भू–मण्डलिकृत पुँजिवाद तथा साम्राज्यवाद विरुद्धको विश्व सर्वहारा वर्गको एउटा साझामोर्चा हो ।

अन्त्यमा ः पाठक वृद ! अब यति पढिसकेपछि किन सी लेख्ने भन्ने बिषयमा तपाई स्पष्ट भइसक्नु भयो  सायद । अब यसबारे बजारमा चलेका वहस र टिप्पणीबारे अलिकति कुरा गरौं । सी लेख्ने बिषयबारे बजारमा तीन प्रकारका चासो र चिन्ता देखिन्छ १) सि लेखेको देखेर, सुनेर यो के होला ? किन होला भनेर गरिने सामान्य चासो र चिन्ता । २) यो बेकार हो सम्भव छैन भन्ने चासो र ३) सी बारे कुपमण्डुकतावादी चासो र आलोचना । यहाँ उल्लेख भएको र बजारमा चलेका चासो र चिन्ता मध्ये बुँदा नम्बर (१) को सामान्य चासो र चिन्ता राख्ने पाठकहरु यो लेख पढिसक्दा स्पष्ट भइसक्नु भयो भन्ने मलाई लाग्छ । जहाँसम्म यसबारेको दोस्रो चासो रहेको छ, त्यसबारेमा बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि वैज्ञानिक आविष्कार होस या राजनीतिक सिद्धान्त होस यात कुनै पनि साँस्कृतिक बिषय नै होस, यसका सुरुवातकर्ता वा निर्माणकर्ता थोरै हुने   गर्दछन् ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स दुईजनाले निर्माण गरेको कम्युनिस्ट घोषणा–पत्रलाई आधार मानेर आज अरबौं मानिसहरु कम्युनिस्ट भएका छन् । नेपालमा कमरेड पुष्पलाल सहितका पाँचजनाले स्थापना गरेको नेपालको कम्युनिस्ट पार्टीहरुमा लाखौं मानिस संगठित भएका छन् । कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त मान्छौं भनेर लागेका र विभिन्न समयमा विभिन्न आन्दोलन गरेकाहरु मध्येबाट नेपालमै राष्ट्रपति र उपराष्ट्रपति सहित पाँचजना त यो देशका प्रधानमन्त्री नै भइसकेको अवस्था छ । भन्नुको मतलव सी लेख्ने कुरा एकदम ठिक समयमा ठिक बिषयको सुरुवात भएको छ । त्यसकारण यो सम्भव छ ।

सी बारे तेस्रो खालको चासो राख्ने हरुले बुझेर पनि बुझ पचाएका छन् । उनिहरुको चिन्तन भनेको कुवाको भ्यागुतोको जस्तो साँघुरो चिन्तन हो । नेकपाको महाधिवेशनले गरेको सी लेख्ने निर्णयलाई उनिहरु नेपालीहरुको एउटा थरसंग जोडेर आफ्नो कुण्ठा पोखिरहेका छन् । यो बिषय पार्टीको आठौं महाधिवेशनबाटै पनि छलफल भएर एक प्रकारको निर्णय भइसकेको थियो ।

आठौं महाधिवेशनमा सहभागी भएका तर नवौं महाधिवेशनसम्म आइनपुगेर अन्तै बरालिएका, क्रान्तिदेखि भागेका कुवाको भ्यागुताको जस्तो छोटो सोच र साँघुरो विचार राख्ने कुपमण्डुकतावादीहरु यसको विरोध गरेर कुण्ठा पोखिरहेका छन् । पार्टी महासचिव कमरेड विप्लवको जन्मको थर चन्द भएको र त्यहि थरलाई घुमाउरो पाराले सी लेखेको भनेर कुतर्क गरि उनिहरुले आफ्नो कुपमण्डुकता प्रदर्शन गरेका मात्र छन् । सन् १८४८ मा कम्युनिस्ट घोषणा–पत्र सार्वजनिक भएपछि संसारमा कम्युनिस्ट विचार र सिद्धान्त आएको हो ।
नेपालमै रहेका ऋ बाट आउने केही थरहरु चन्द, चापागाइ, चौलागाइ, चपाइ, चनारा, चेपाङ, चुमान आदि रहेका छन् ।

ती कुपमण्डुकहरुले बुझ्नुपर्ने कुरा के छ भने नेपालमा विप्लव जन्मनुहोला र उहाँको नेतृत्वमा बनेको पार्टीले यस्तो निर्णय गर्ला भनेर कम्युनिस्ट घोषणा– पत्र निर्माण भएको होइन् । नेपालमा विप्लव जन्मनु भन्दा ११७ वर्ष पहिले आधिकारिक रुपमा कम्युनिस्ट विचार र सिद्धान्त आएको हो ।

गलत आलोचना गर्ने कुपमण्डुकहरुले झन राम्ररि बुझ्नु पर्ने कुरा नेपालमा भएका माथि उल्लेखित ऋ बाट आउने जात र थरहरुका कारण कम्युनिस्ट विचार र सिद्धान्त बनेको होइन बरु ती थर र जातिहरुबिचमा रहेको विभेद हटाउन यो विचार र सिद्धान्त जन्मिएको हो । उल्लेखित जात र थरहरुका कारण होइन कि कम्युनिस्ट विचार र सिद्धान्तलाई व्यापक, सहजका साथै समृद्ध बनाउन यो सी लेख्ने निर्णय गरिएको हो, तेतना भया । जनपत्रिकाबाट

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान