मंसिर ०८ काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा गरिएको ९ सय ९० सय जनाको परीक्षण गर्दा ६ जनामा संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ३ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा कोरोनाबाट मुक्त हुने दर ९८ प्रतिशत भन्दा बढी रहेको छ भने ९९ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।
Post Views: 108


