मंसिर ०१ काठमाण्डौ । देशभर थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २ सय ५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तैगरी सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल ४ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 99


