कार्तिक ३० धनगढी । देशभर थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरिएको ९ सय ९१ पीसीआर परीक्षण गर्दा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षण गर्दा १ जना गरी ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार कसैको मृत्यु भएको छैन । त्यस्तै, थप जना २४ संक्रमित डिस्चार्ज भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालले जनाएको छ ।
Post Views: 98


