असोज ०९ काठमाण्डौ । देशभरमा थप ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर १ हजार २ सय ६ जनाको पीसीआर परीक्षण र १ हजार ८ सय १८ जनाको एन्टिजेन गरी जम्मा ३ हजार २४ जनाको नमुना परिक्षण गरीएकोमा थप ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जसमा पीसीआर परीक्षणमा ४० जना र एन्टिजेन परीक्षणमा ११ जना गरी ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । त्यस्तैगरी १ सय जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय २३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Post Views: 119


