असोज ६ बर्दिया । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेकपा निकट अखिल क्रान्तिकारीले बर्दियाले मधुवन नगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कालोमोसो दलेर जनकारबाही गरेको छ ।
अखिल क्रान्तिकारी जिल्ला समिति बर्दियाले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति, सरुवा बढुवा, लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर जनकारबाही गरेको जानकारी गराएको हो ।
अखिल क्रान्तिकारी बर्दियाका जिल्ला अध्यक्ष हरि प्याकुरेलले बिज्ञाप्ती जारी गरि मनोमानी ढंगले साउन २६ गते शुक्र माध्यमिक बिधालयमा बिषयको शिक्षक नियुक्ति गर्दा दक्ष प्रतिश पर्धी हुदाहुदै शिक्षा प्रमुखले आफ्नो श्रीमतीको नाम निकालेको र प्रश्नपत्र टाइपिङ गर्दा विद्यालयको कम्प्युटर शिक्षकले गर्नु पर्नेमा शिक्षा शाखामा प्रश्नपत्र टाइपिङ गरेको र विशेषज्ञको प्रश्नपत्र भन्दा फरक गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उतर पुस्तिकामा कोडिड– डिकोडिङ नगरिएको र उतर पुस्तिका परिवर्तन गर्ने वातावरण मिलाइनुका साथै परिक्षार्थिको हाजिर नगरिएको, आफ्नो गल्ती ढाकछोप गर्न शुक्र माध्यामीक विद्यालयमा आफ्नो श्रीमतीको नियुक्ति नगरी शिक्षा ऐन विपरीत तत्काल अर्को विद्यालयमा सरुवा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिक्षा शाखाबाट विद्यालयमा बजेट बिनियोजन गर्दा कमिसन केन्द्रित गरेको मनोमानी ढंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने गरेको र कर्मचारीलाई दासको व्यवहार गरेको, जनसेवा भन्दा पनि शक्तिको आडमा सेवाग्राहीमाथी पक्षपातपूर्ण व्यवहार गरेको लगाएतका कारण सहित जन कार्वाही गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


