असोज १ काठमाण्डौ । देशभर थप ६३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ७ सय ४० नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट १ हजार ५ सय ७४ र एन्टिजेनबाट २ हजार १ सय ६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३५ र एन्टिजेनबाट २८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
Post Views: 102


