भदौ २५ काठमाण्डौ । देशभरमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ४६ वटा स्वाब नमुनाको परीक्षण गर्दा १ सय ६३ जनाको नतिजा पोजिटिभ आएको हो ।
एक हजार ७ सय १८ नमुनाको पीसीआर परीक्षण गर्दा १ सय १२ र दुई हजार २८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा संक्रमण पोजेटिप देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाबाट १ सय ३० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभरमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८४ हजार २ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय ३० जना रहेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ ।


