साउन ३१ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ सय १९ जनाको परीक्षणमा ८ सय ४८ जनामा संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ जना र २ हजार ८ सय ७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४९ जनामा संक्रमणको पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा रहेका छन् । यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६ सय ८० पुगेको छ ।


