"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विप्लवलाई थुन्न खोज्नु राजनीतिक बेइमानी हो ः महासचिव पोखरेल

No data was found

Khabar Raftar

साउा १८ दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने तर्क गरेका छन्।

बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन।

उनले विप्लव नेतृत्वको पार्टीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने बताउदै उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको बताए।

उनले ‘शान्तिपूर्ण प्रक्रियामा आइसके पछि मुद्दा लगाउन उचित नभएको बताए ।
महासचिव पोखरेलले अहिलेको ५ दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाए। उनले सरकार पूर्णरुपमा असफल भएको भन्दै भ्रष्टाचार र महँगीले सिमा नाघेको बताए।

उनले गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका प्रश्नहरू कमजोर बनेको जनताको विकास र समृद्धिको चाहना अवरोध भएको बताए।

उनले मुलुकको आर्थिक अवस्था नाजुक गरिएको र नेपाल विदेशी शक्ति केन्द्रहरूको क्रिडास्थल बन्ने खतरा रहेको पनि औँल्याए। उनले मंसिरमा हुनु पर्ने चुवानको मिति तोक्न अहिलेको सरकारले अलमल गरेको बताउदै सरकारले लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्ने कुरामा अग्रसर नभएको पनि बताए।

सरकारले अहिले न राष्ट्रको हितको लागि काम गर्न सकेको छ। न त जनताको पक्षमा काम गर्न सकेको छ। त्यसैले यो गठबन्धनको सरकार पूर्ण रुपमा असफल भएको प्रष्ट भएको छ उनले भने ।’
उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अपेक्षा गरे जस्तो नतिजा नआएको भए पनि आफूहरूले आफ्नो सामर्थ्य असाधारण रुपमा वृद्धि गरेको दाबी गरे।

उनले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता व्यक्तिहरूले पार्टी छोड्दा कुनै असर नपरेको पनि उल्लेख गरे। ‘ती व्यक्तिहरूले पार्टी छोड्दा पार्टीको जनमत घटेको छैन्, अझ बढेको छ। पहिला पहिलो पार्टी हुँदा हामीले ३३ प्रतिशत मत पाएका थियौँ । अहिले हामीले ३४ प्रतिशत मत प्राप्त गरेका छौँ। हाम्रो पार्टी नेपालको सबैभन्दा लोकप्रिय पार्टीका रुपमा स्थापित भएको छ उनले भने ।’

उनले स्थानीय तहको निर्वाचनको परिमाण अनुसार नेपाली कांग्रेस पहिलो पार्टीका रुपमा देखिएको भएयता पनि त्यो गठबन्धनको परिणाम भएको बताए। उनले त्यो कांग्रेसको आफ्नो सामर्थ्यको परिणाम नभएको पनि उल्लेख गरे।

उनले अहिलेको सरकारले ल्याएको बजेट जनताको हित र कल्याणको लागि कम्जोर भएको बताउदै निश्चित व्यापारी घरानाहरूको अनुहार देखिने बजेट भएको बताए। अहिले माफियागिरी बढेर गएको भन्दै निश्चित ब्यक्तिहरूको सौदाबाजी गर्ने खालेको प्रवृत्ति बढेको पनि उनले बताए।

उनले राजश्वका दरहरू हेरफेर गर्नको लागि अवाञ्छित ब्यक्तिहरूको प्रयोग गरेको भन्दै गैर जिम्मेवार क्रियाकलापहरू भएको पनि आरोप लगाए। उनले बहुमतका आधारमा अपराध गर्नेहरूलाई अहिलेको सरकारले उन्मुक्ति दिएको आरोप लगाए। उनले प्रचण्ड र देउवाको नजरमा जनार्दन शर्मा चोखिए पनि जनताको नजरमा उनले गम्भीर अपराध गरेको बताए।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान