साउन ०६ बैतडी – जिल्ला हुलाक कार्यालय बैतडीले ७ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला हुलाक कार्यालय बैतडीले ७ लाख ३९ हजार २ सय ४१ रुपैँया राजस्व संकलन गरेको हो ।
हुलाक कार्यालय बैतडीका नायब सुब्बा भिम सिँह धामीले टिकट बिक्रीबाट ५ लाख ४३ हजार ६ सय १८, काउन्टर अनलाइनबाट ३० हजार २ सय ११, एफएम रेडियो रोयल्टी नविकरणबाट १ लाख ३४ हजार ७ सय २७, पत्रपत्रिका नविकरणबाट ४ सय ८५ र सम्पत्ती विवरण जरीवानाबाट ३० हजार राजस्व संकलन भएको जानकारी गराए ।
२०७७÷७८ मा हुलाक कार्यालय बैतडीले १० लाख ४२ हजार ८४ रुपैँया राजस्व संकलन गरेको बताउदै उनले त्यस वर्ष टिकट बिक्री र काउन्टर अनलाइन कम हुँदा राजस्व संकलनमा कमी आएको जानकारी गराए ।
Post Views: 143

