साउन ०६ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–३ चुम्लिङटारमा बसमा माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहीबार बेलुका काठमाण्डौबाट बझाङका लागि छुटेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख ३५०२ नम्बरको माइक्रो ठोक्किँदा एक जना पुरुषको मृत्यु भएको हो ।
उनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय नखुलेको बताईएको छ । दुर्घटनामा दुवै गाडीका गरी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइते मध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 158


