"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारद्वारा असारमा मात्रै ८ अर्ब २३ करोड ६२ लाख खर्च

No data was found

Khabar Raftar

साउन ०४ धनगढी । आर्थिक वर्ष ०७८÷७९ को असारमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारले ८ अर्ब २३ करोड ६२ लाख बजेट खर्च गरेको छ । साउन देखि जेठ सम्मको एघार महिनामा १२ अर्ब ७२ करोड ९९ लाख मात्र खर्च गरेको प्रदेश सरकारले असारमा मात्रै ८ अर्ब २३ करोड ६२ लाख खर्च गरेको हो ।

योसंगै असार मसान्त सम्मको कुल खर्च २० अर्ब ९६ करोड ६१ लाख पुगेको छ । त्यसमा पनि कुल बजेटमा साढे दस अर्ब बजेट फ्रिज भएको छ । ३१ अर्ब ४७ करोड ५६ लाख कुल बजेट रहेको गत आर्थिक वर्षमा २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका वासुदेव जोशीले बताउनु भयो । नियन्त्रक जोशीका अनुसार विकास बजेट अर्थात् पुँजीगत तर्फको वार्षिक खर्च झन् निराशाजनक रहेको छ । पुँजीगत बजेटमा ठूलो रकम फ्रिज भएको छ । १८ अर्ब ९० करोड, २० लाख बजेट रहेकोमा ११ अर्ब ९४ करोड ९७ लाख मात्र खर्च भई ६ अर्ब ९५ करोड २३ लाख फ्रिज गएको छ । पुँजीगततर्फको कुल खर्च ६३ दशमलव २२ प्रतिशत मात्र रहेको छ ।

चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख बजेट विनियोजन रहेकोमा ३ अर्ब ५५ करोड ७१ लाख फ्रिज गएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु खर्च प्रतिशत विनियोजित चालु बजेटको ७१ दशमलव ७१ प्रतिशत हो । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको कूल खर्च ६९ दशमलव ७८ प्रतिशत छ । उक्त मन्त्रालयमा १२ अर्ब ९२ करोड ४४ लाख कुल बजेट विनियोजित रहेकोमा ९ अर्ब एक करोड ८० लाख खर्च भएको छ । उक्त मन्त्रालयको पुँजीगत खर्च ६९ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १२ अर्ब ४९ करोड ७७ लाख पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ८ अर्ब ६९ करोड २४ लाख रहेको छ ।

चालुतर्फको बजेटमा भने भौतिक पूर्वाधार विकास मन्त्रालयको ७६ प्रतिशत खर्च नाघेको छ । ४२ करोड ६६ लाख चालु बजेटमा ३२ करोड ५६ लाख खर्च गरेको छ । मन्त्रालयका सचिव तुलसीराम भट्टराईले काम पूरा भएर भुक्तानी दिने बेला केन्द्रबाट सर्भर डाउन भएकाले ५० करोड भुक्तानी रोकिएको बताए । भौतिक पूर्वाधार पछि धेरै बजेट रहेको सामाजिक विकास मन्त्रालयले कूल बजेटमा एक अर्ब ५८ करोड ५९ लाख फ्रिज गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा ६ अर्ब ५१ करोड ३३ लाख कुल बजेट र २ अर्ब ३७ करोड ६७ लाख पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले एक अर्ब ६७ करोड ९ लाख मात्र खर्च गर्न सकेको छ । बजेट धेरै हुनेमा तेस्रो ठूलो मन्त्रालय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हो । यो मन्त्रालयले कुल बजेटको ७५ दशमलव ७९ प्रतिशत खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ । २ अर्ब ९१ करोड ८४ लाख कुल बजेटमा उक्त मन्त्रालयले २ अर्ब २१ करोड २० लख ४७ हजार खर्च गरेको छ । पुँजीगत भन्दा चालुतर्फ बढी बजेट विनियोजित भएको उक्त मन्त्रालयमा २ अर्ब ६० करोड ४५ लाख ४७ हजार रहेकोमा एक अर्ब ९९ लाख ५६ लाख ४८ हजार खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गत आर्थिक वर्षमा चौथो बढी बजेट विनियोजन भएको मन्त्रालय हो । कूल २ अर्ब २५ करोड ९७ लाख ९० हजार कुल बजेट रहेको उक्त मन्लालयले ७६ दशमलव ४८ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८३ लाख २७ हजार खर्च गरेको छ । पुँजीगततर्फ सबै भन्दा धेरै खर्च गर्ने विकासे मन्त्रालय भने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालाय देखिएको छ । उक्त मन्त्रालयले पुँजीगततर्फ विनियोजित बजेटमा ८१ दशमलव ४ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ कूल बजेट एक अर्ब ३० करोड ७६ लाख विनियोजित बजेटमा एक अर्ब ५ करोड ९६ लाख खर्च गरेको छ ।
सबैभन्दा कम खर्च गर्ने मन्त्रालयमा आर्थिक मामिला मन्त्रालय हो । उक्त मन्त्रालयले कुल बजेटमा ३९ दशमलव ८८ प्रतिशत मात्र खर्च गरेको छ । कूल बजेट ३१ करोड ७८ लाख रहेकोमा १२ करोड ६६ लाख मात्र खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४८ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल बजेट ३९ करोड ४७ लाख कुल बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १९ करोड २२ लाख खर्च गरेको छ । न्यून बजेट हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १६ करोड ५६ लाख फ्रिज गरेको छ । उक्त मन्त्रालयको कुल वार्षिक बजेट ७० करोड ८४ लाख रहेको थियो । प्रदेश व्यवस्थापिकाको कुल बजेट १८ करोड ९८ लाख रहेकोमा १४ करोड १९ लाख खर्च गरेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान