असार २० धनगढी । धनगढी उप महानगरपालिकाले उपमेयरलाई बाईपास गरेर बजेट पुस्तिका प्रकाशन गरेको पाईएको छ । आठौं नगर सभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध गरे पछि धनगढी उप महानगरपालिकाले उपमेयरलाई बाईपास गरेर बजेट पुस्तिका प्रकाशन गरेको पाईएको हो ।
उपमेयर रानाले सभामै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको गुनासो गर्नु भयो । उपमेयर रानाले कर्मचारीले पनि आफूलाई हेप्ने गरेको गुनासो गर्नु भएको छ । उपमेयर रानाले नगरसभा चल्न नदिने चेतावनी समेत दिनु भएको छ । उनको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फाला फाल गरेका थिए ।
मेयर हमालले भने बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको बताउदै योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको जानकारी गराउदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताएका छन् ।
काँग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ । विवाद बढेपछि अहिले नगरसभा स्थगित भएको छ । विवाद भएपछि धनगढी उप–महानगरपालिकाको फेसबुक पेजबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको थियो ।


