"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यार्सागुम्बा उत्पादनमा कमी आउदै

No data was found

Khabar Raftar

प्रदिप मलासी,असार ११ बझाङ । पछिल्ला केही वर्षयता हिमाली जिल्ला बझाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादनमा कमी आएको छ । केही वर्ष अघि सिजनमा एक्लैले एक हजार सम्मको सङ्ख्यामा यार्सा सङ्कलन गर्न सकिने अवस्था भए पनि अहिले चार÷पाँच सय पनि पाउन मुस्किल छ ।

सुर्मा गाउँपालिका वडा नम्बर–३ का स्थानीय जमन बोहराले सात वर्ष पहिला एक्लै यार्सा टिप्न जाँदा १ हजार ५ भन्दा बढी यार्सागुम्बा सङ्कलन गरेको बताउदै त्यति बेला परिवारका अरूले पनि यार्सा राम्रै सङ्कलन गरेको बताए । ‘पछिल्ला दुई तीन वर्षयता यार्सा उत्पादनमा कमी आएको बताउदै उनले यार्सा पाउनै छाडेको बताए । उनले परिवारका सात जना यार्सा सङ्कलनका लागी यो पटक लेकतिर गएको बताउदै सबैले सङ्कलन गरेको यार्सा ६ सय पनि पुग्न नसकेको बताए । उत्पादन मात्रै नभएर त्यसको आकारमा समेत फरक हुर्न थालेको उनले बताए ।
केही वर्ष पहिले ठूलो आकारको यार्सा पाइने भए पनि अहिले स–सानो आकारको मात्रै पाउन थालिएको सुर्मा गाउँपालिका वडा नम्बर–३ का जौमती बोहराले बताइन् ।

‘अहिले मसिनो र सानो यार्सा मात्रै पाइन्छ । त्यसलाई तौलको आधारमा बिक्री गर्दा पनि कम तौल हुने र पिसको आधारमा बेच्दा पनि कम मूल्यमा जाने’ उनले बताईन । यार्सागुम्बाको मूल्य प्रतिपिस ३ सय देखि १२ सय सम्म पाइने बोहराले बताइन् । यार्सागुम्बा सुर्मा,साइपाल,छबिसपाथिभेरा, मष्टा, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयको आम्दानीको मुख्य स्रोत हो । अहिले भने उत्पादन घट्न थाल्नु र मूल्यवृद्धि नहुँदा स्थानीयहरूले मिहिनेत अनुसारको आम्दानी गर्न सकेका छैनन् ।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–७ बुडखोरीका दिनेश धामीले ‘तीन महिना घामपानी, भोक निन्द्रा नभनेर हिमालमा नङ्ग्रा खियाउनु परेको बताउदै मिहिनेत अनुसारको मूल्य भने पाउन छाडेको बताए । केही वर्षअघि राम्रै यार्सा पाइने गर्थ्यो । मूल्य कम भए पनि मिहिनेत खेर जाँदैन थियो । अहिले उत्पादन पनि छैन, मूल्य पनि राम्रो पाउँदैनौँ उनले भने ।’ तीन वर्षअघि प्रतिकिलो २१ लाखमा कारोबार भएको यार्सा अहिले मुस्किलले प्रतिकिलो १३ लाख सम्ममा बिक्री हुने गरेको धामीले बताए ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार २०७० मा बझाङमा ३ सय किलो भन्दा बढी यार्सा सङ्कलन हुने गर्दथ्यो । यार्सा पाइने चार वटा पालिका साइपाल, सुर्मा, छबिसपाथिभेरा र बुंगल क्षेत्रका हिमाली वनबाट त्यतिबेला ३ सय ७२ किलो यार्सा सङ्कलन भएको थियो । त्यसपछि २०७१ सालमा ३ सय ३८ किलोमा झरेको पाइएको छ ।

त्यसैगरी २०७३ सालमा यार्सागुम्बा उत्पादनमा व्यापक गिरावट आएको छ । २०७३ मा २ सय ३७ किलो यार्सागुम्बा सङ्कलन भएको डिभिजन वन कार्यालय बझाङको तथ्याङ्कले देखाएको छ ।
बझाङमा यार्सा सङ्कलन सुरु भएदेखि हाल सम्मको उत्पादनको तुलना गर्ने हो भने, सबैभन्दा कम यार्सा सङ्कलन २०७८ सालमा भएको छ । २०७८ सालमा १ सय ४८ किलो ३७ ग्राम सङ्कलन भएको छ । यो वर्ष अघिल्लो वर्षको भन्दा अझ कम सङ्कलन भएको वन कार्यालयको अनुमान छ । त्यसैगरी यार्सागुम्बा उत्पादन र मूल्यमा एकैसाथ गिरावट आएपछि यार्सा टिपेरै आफ्नो जीवनशैली बदलेका हिमाली गाउँका बासिन्दाको फेरिएको जीवनशैली पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ता बढेको छ ।

यार्साको उत्पादनसँगै प्रत्येक वर्ष घटिरहेको मूल्यका कारण पनि यार्सागुम्बाले परिचित हिमाली गाउँपालिकाका बासिन्दाको जीवनशैलीमा व्यापक फेरबदल आएको छ । पछिल्लो ९ वर्षसम्म मजदुरीका लागि भारत जान छाडेका साइपाल, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला, बुडखोरी लगायतका गाउँका अधिकांश बासिन्दा फेरि मजदुरीका लागि भारत पस्न थालेका छन् ।

कोही खेतीपाती र पशुपालन तिर लागेका छन्, भने कोही पुरानै सीपलाई गुजराको माध्यम बनाउन थालेका छन् । ‘पहिला वर्षमा ४÷५ लाख यार्साबाट कमाई     हुन्थ्यो । १० जनाको परिवारलाई वर्षभरि पुग्थ्यो,’ बुंगल नगरपालिका वडा नम्बर–१ दहबगरका बीर्ख बोहराले भने, ‘यार्साको उत्पादन घटेसँगै मजदुरी गर्ने पुरानै पेसामा फर्किन थालेका छन् ।

पहिला जस्तो यार्सा अहिले पाइँदैन । पाएको यार्सागुम्बाले मिहिनेत अनुसारको मूल्य पाउँदैन । फाइदा नहुने ठाउँमा लगानी गरेर के फाइदा उनले भने ?’ त्यसगरी यार्सा टोलका नामले परिचित चैनपुरको प्रशासन रोड र भित्र गल्लीका अधिकारिक घरहरूमा ठडिएका पील्लरहरूले अहिलेसम्म मूर्तरूप पाएका छैनन् । ५ वर्षअघि पहिलो तला राखेर दोस्रो तलाको लागि पिल्लर राखिएका र घरको जगमा गाडिएका पिल्लरले अहिलेसम्म घरको स्वरूप पाउन सकेका छैनन् ।

यार्सागुम्बा उत्पादनमा र मूल्यमा आएको भारी गिरावटका कारण वर्षौँ पहिले ठडिएका पिल्लरहरूमा अहिलेसम्म स्थानीयहरूले वाल लगाउन नसक्ने अवस्था आएको हाल चैनपुरमा बस्दै आएका सुर्मा गाउँपालिकाका स्थानीय कलक बोहराले बताए ।
जथाभाबी सङ्कलन गर्नु, जंगल खन्नु, जंगलमा आगो लगाउनु जस्ता मानव सिर्जित कारणले यार्सागुम्बाको उत्पादन घटेको हुनसक्ने डिभिजन बन कार्यालयका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताए ।
यार्सा उत्पादन हुने स्थानमा हजारौँ मानिसको आवत जावत, प्लास्टिक र सिसाजन्य फोहोर, जुत्ता चप्पल काम नलाग्ने कपडाहरू जथाभाबी फाल्ने गर्दा प्रदूषण बढ्दै गएकाले पनि यार्साको उत्पादन घटेको उनले बताएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान