"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

समाजले नै भरणपोषण गर्दैछ यौनहिंसा

No data was found

Khabar Raftar

जमुना बन । ‘यस्तो कुरा त सामान्य हो नि, महिला हौ तिमीले अलिअलि त सहनै पर्छ। त्यसमाथि यो फिल्ड नै त्यस्तै हो।’ ‘ऊ पुरुष हो, अत्याचार गर्न पाउनु उस पुरुषको अधिकार हो।’

यस्तै किसिमका कथन सुन्दै र सुनाउँदै हुर्किएको र हुर्काइएको हाम्रो समाजले नारीलाई फगत शारीरिक सौन्दर्यको प्रतीक र पुरुषको मनोरञ्जनात्मक साधन मात्र देखाउँदै आएको छ। जबसम्म सामाजिक चेतनाको स्तरोन्नति हुँदैन तबसम्म महिला मुक्ति र सशक्तीकरणको मार्गले सही दिशा लिन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।

पीडक वा सर्भाइभर सामाजिक सञ्जालमा आफूमाथि भएको हिंसा लिएर आएको बेला आक्रोशले भरिएका सञ्जालका भित्ताहरू, आन्दोलनले तातिएको सडक र महिलावादी ९फेमिनिस्ट० को नकाव लगाएका केही ‘प्रपञ्ची फेमिनिस्ट’हरूका चिल्ला शब्दहरू २ ÷ ३ दिनमा विलाएर जानु पनि हिंसात्मक बाटोले यो रूप लिनुको कारण हुन सक्छन्। मौसमी आन्दोलनले वास्तविक समस्या हल गर्न सक्दैन। वास्तविक समस्या हल गर्न त समस्याको कारण खोज्न आवश्यक छ र त्यो कारण प्रष्ट छ कि सामन्तवादीरपुँजीवादी पितृसत्ता हो भनेर। एकातिर यसका विरुद्ध उठिरहेका संगठित आवाजहरू आशा गर्न लायक छन् भने अर्कातिर ढोंगीहरूले आन्दोलनलाई नै बदनाम गर्ने खतरा पनि उत्तिकै छ।

भर्खरै मात्र सामाजिक सञ्जालमा एक युवतीले आफू १६ वर्ष उमेरको हुँदा पटकपटक यौनहिंसाको सिकार हुनुपरेको र ८ वर्षसम्म मानसिक तथा शारीरिक रूपमा यातना सहनुपरेको घटनालाई बाहिर ल्याएकी छिन्। लगत्तै अर्की युवतीले प्रिन्सिपलबाट आफू १५ वर्षको हुँदा बलात्कृत हुनुपरेको कुरा ७ वर्षपछि सार्वजनिक गरेकी छिन्। यी त हाम्रो समाजमा नारीमाथि गरिने हिंसा र अन्यायको प्रतिनिधि घटना मात्र हुन्। यस्ता यौन उत्पीडनका घटनाहरू कति गौण छन्, कति हिंस्रकहरू खुलेआम हिंसालाई दोहोर्‍याइरहेका छन् र कति पीडितहरू अन्यायमा परिरहेका छन् त्यसको कुनै लेखाजोखा छैन।

नेपालको कानुनले करणीको विरुद्ध उजुरी चलाउन वारदातको १ वर्षसम्म अवधि दिएको छ। सबै केसहरू १ वर्षभित्र नै सम्बन्धित निकायमा पुग्छन् भन्ने छैन। कति पीडितहरू त संवेगात्मक र मानसिक चोटबाट बाहिर निस्किनै सकिरहेका हुँदैनन्। यस्तो अवस्थामा पीडितलाई कानुनी भन्दा पनि मानसिक उपचारको आवश्यकता हुन्छ। यो कुरा बुझेर पनि नीति र व्यवस्था सधैं अन्जान झैं मूकदर्शक बनिरहन्छ।

अपराध जति नै वर्ष भए पनि अपराध नै रहन्छ। हदम्यादको व्यवस्थाले पीडकको संरक्षण गरिरहेको छ। चाहे १ वर्ष होस् या १० या १०० वर्ष पछि नै किन नहोस् बलात्कार अपराध नै हो। अपराधीलाई कानुनी दायरामा उभ्याएर सामाजिक न्याय दिलाउन सक्नुपर्छ। कति पीडितहरूले कानुनी निकायसम्म पुगेर पनि कानुनी सहायता पाउन सकिरहेका छैनन्। राज्य संयन्त्रबाटै कति घटनाहरू दबाइएका छन्, उजुरी दिएको वर्षौंसम्म पनि आरोपितलाई कानुनी कठघरामा नउभ्याएर अपराधीलाई प्रोत्साहन दिने र सर्भाइभरहरूको मनोबल गिराउने जस्ता घृणित, अपाच्य कदम चालिएका छन्।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०१९र२० मा २ हजार १४४ बलात्कार तथा ६८७ बलात्कार प्रयासका घटनाहरू फाइल भएका छन्। अधिकांश घटना त प्रहरी निकायसम्म नपुगेर तथ्यांकमा अटाइएका पनि छैनन्। यूएन वुमिनले ‘द इकोनोमिक कस्ट अफ भायोलेन्स अगेन्स्ट वुमिन’ नामक आलेखमा प्रकाशन गरे अनुसार विश्वव्यापी रूपमा ३५ प्रतिशत महिलाले आफ्नो जीवनकालमा शारीरिक ररवा यौनहिंसाको अनुभव गरेका हुन्छन्।

‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’ मा प्रकाशित ‘लाइफ टाइम इकोनोमिक बर्डन अफ रेप एमङ यू।स। एडल्ट’ प्रतिवेदनका अनुसार बलात्कारको अनुमानित जीवनकाल लागत १ लाख २२ हजार ४६१ अमेरिकी डलर पर्न सक्ने देखिएको छ। बलात्कार तथा महिला हिंसा अर्थतन्त्रको हिसाबमा यति बोझिलो पर्दै गर्दा पनि हाम्रो देशमा त्यो सतहबाट विश्लेषण गरिंदैन। सरकारी संयन्त्रले पनि उचित तवरको कदम चाल्दैनन्। कुनै पनि पुरुष अर्थशास्त्रीको नजरमा यस्तो विषय अध्ययनको क्षेत्र नबन्नु आफैंमा महिला हिंसा र शोषणको सामान्यीकरण हो।

बलात्कारका समाचारहरू बढिरहेको बेला जागिरको सन्दर्भमा मलाई मेरो दिदीले भनेको कुराले नराम्ररी घोच्यो, ‘तलब थोरै भएपनि यहीं काम गर्नुपर्ला। अरु काममा फिल्डमा हिंड्नुपर्छ, कता कसले के गर्छ थाहा नै नहुने रै’छ। कसैको विश्वास नै गर्न नसकिने दुनियाँ छ।’

महिलाहरू हिंसा हुने डरले सक्षमता हुँदाहुँदै पनि सीमित क्षेत्रमा र घरभित्र मात्र सीमित हुनुपर्ने, बच्चा, वृद्ध, युवती सबै बाटो हिंड्न, काम गर्न, स्कुलरकलेज जान पनि डराउनुपर्ने अझ भनौं घरभित्र बस्न पनि असुरक्षित महसुस गर्नुपर्ने बाध्यता नै नेपाली समाजको कटु यथार्थ हो।

परापूर्वकालदेखि नै पुरुष श्रेष्ठतावादीहरू आफू पुरुष भएकै कारण सर्वश्रेष्ठ हुँ भन्नलाई नारीभित्र अतिरञ्जित कमजोरी तथा हीनता लाद्न खोजिरहेका छन्। पितृसत्ता प्रजनन क्षमता र मातृत्वलाई कमजोरीको प्रतीक बनाएर महिलामाथि हुने विभेद सामाजिक नभई प्राकृतिक भएको भाष्य स्थापित गर्न पनि पछि परेको छैन। अझ बलात्कार जस्तो क्रुर व्यभिचारलाई आवरणसँग जोडेर पुरुष आफू सभ्य भएको नाटक गरिरहन्छ। बाह्य स्वरूपसँग जोडेर नारीमाथि कामोत्तेजक साजबाजको सुद्विचार बनाइहाल्नु बुर्जुवा कुलीनताको अतिरिक्त अरु केही हुन सक्दैन।

महिला संलग्न हरेक क्षेत्रहरू पुरुषद्वारा नै निर्दिष्ट हुनुपर्ने। के लगाउने, के खाने, कति बोल्ने, कति हाँस्ने, कहाँ जाने, कहिले जाने, कसलाई भेट्ने यी र यस्ता यावत् कुरामा बन्देज लगाइसकेपछि महिला अधिकार र स्वतन्त्रतामा बहस सुरु गर्छ, नेपाली समाजको पुरुष बौद्धिकता। बिहे गरिसकेपछि महिलालाई लोग्ने ९पुरुष०कै सम्पत्ति सम्झिने परिपाटी अहिले पनि व्याप्त छ।

‘मलाई यो मान्छेले असजिलो हुने गरी छोयो, ममाथि दुर्व्यवहारको प्रयास गरियो, यहाँसम्म कि म बलात्कृत भएँ’ भनेर भन्दा पनि ‘यो कुरा कसैलाई नभन, घरको इज्जत जान्छ’, यस्ता कुराहरू सामान्य हुन् झैं गरेर दमन गर्न खोज्ने चाहे त्यो महिला होस् या पुरुष, घरभित्रका या त कार्यक्षेत्रभित्रका सबैले स्त्रीद्वेषी भाष्यकै वकालत गरिरहेका छन्। इज्जतलाई नारीको पछ्यौरामा लुकाएर फेरि त्यही पछ्यौरा उघार्दै घरीघरी उही इज्जतलाई जिस्क्याइरहने तिमीहरूको पुरुषत्वको आयु अब छैन।

पहिले चितामा जल्ने सतीहरू अहिले कामवासनाले मात्तिएका व्यभिचारी राक्षसहरूको बिछ्यौनामा जलिरहेका छन्। पहिले खेत र चुलोचौकामा सीमित महिला शक्तिहरू आज अफिस र होटलका ओछ्यान(ओछ्यानमा लुटिइरहेका छन्। पराइ धन भनेर खेल्ने उमेरमै ममताको छहारीबाट हुत्याइएका नाबालिकाहरू आज लभ, रिलेसनसिपको नाममा ब्ल्याकमेलिङको सिकार भएर हररात, हरदिन नाङ्गिरहेका छन्। नयाँ आवरण भरेको स्वाङ पार्दै पुरानो मनोवृत्तिलाई पैरवी गर्ने आधुनिक भनिएको पुस्ता र समाज आफैंमा महिला हिंसा र उत्पीडनको रक्षक हुन्।

माया र प्रेममा पर्नु भनेको अर्को व्यक्तिको शरीर र यौनमा पहुँच पुग्नु हो भन्ने भ्रामक कथित आधुनिक चेतनाले यौनहिंसाको प्रवर्धन त गरेको छ नै साथमा सचेत, आत्मनिर्भर र शिक्षित भनिने महिलावर्ग पनि यसको सिकारबाट वञ्चित भएका छैनन्। अधिकांश यौनशोषण त त्यस्ता माथि गरिएको छ जो आफूमाथि यौनशोषण भएको छ या छैन यो छुट्याउन पनि असमर्थ छन्। गलत छुवाइ तिम्रो घरपरिवारबाट सुरु हुन सक्छ भने तिम्रो रिलेसनसिप पार्टनरले जथाभावी छुनु र सेक्स जबरजस्ती गर्न खोज्नु बलात्कार र हिंसाकै सुरुवात हो।

चाहे त्यो वैवाहिक सम्बन्धमा होस् वा प्रेम सम्बन्धमा नै शारीरिक सम्बन्ध बाध्यता र कर्तव्य नभएर रोजाइ हो भन्ने न हाम्रो सामाजिक पाठ्यवस्तुले सिकायो न हाम्रो चेतनाको सारांशले बतायो। यौन, यौन शिक्षा र यौनजन्य क्रियाकलापलाई सामान्यीकरण गर्ने बहानामा कतै हामी यौनहिंसा र दुराचारलाई त सामान्यीकरण गर्दै छैनौं ? वर्णित बौद्धिक समाजले आफ्नो थोरै बौद्धिकता यतातिर पनि खर्चिने हो कि ?

कथित आधुनिक दुनियाँका अधिकांश भन्दा बढी सचेत, आत्मनिर्भर र शिक्षित महिलाहरू नै यौन शोषणको सिकार भएर बाँच्नु परिरहेको छ, तिनै महिलाका कति नसुनिएका दर्दनाक कहानीहरू लुकेर बसेका छन्। हामी शिक्षित युगमा बाँचेर पनि चेतनशील हुन सकिरहेका छैनौं। आजको विश्व पुँजीवादले निर्माण गरेको कथित आधुनिकताको भाष्य र संस्कृतिलाई अन्धाधुन्द यसरी अँगाल्न पुगेको छ कि यहाँ त्यसको आवश्यकता, महत्व र दीर्घकालीन असरलाई पूरै नजरअन्दाज गरिएको छ। समाजलाई आधुनिकीकरण गर्ने बहानामा पुँजीवाद विभेदको जरालाई सशक्तीकरण गर्दै गइरहेको छ।

वर्गीय विभेदको खाडललाई त एउटा निश्चित गहिराइ दिइसकेको छ भने लैङ्गिक विभेदको चरित्रलाई त झन् राम्रै ओत दिइरहेको छ। महिलालाई चुलोचौकाबाट बाहिर निकाले पनि उसको शरीरको उपभोग गरेर मुनाफा कमाउन लागिपरेको पुँजीवाद न त महिलालाई सामाजिक बौद्धिक ‘स्पेस’ भित्र राख्न नै खोज्छ न त महिलाको विवेकशीलता सशक्तीकरण नै गर्न खोज्छ।

पुँजीवाद शरीर केन्द्रित सौन्दर्यचेतलाई भरपूर दुरूपयोग गर्दै पुँजीवादी साम्राज्य खडा गर्न चाहन्छ। बौद्धिक सुन्दरतालाई ओझेलमा राखी बाहिरी पहिरनमा मान्छेको सुन्दरतालाई जोडतोडका साथ जोडेर संवेगात्मक प्रहार गर्दै मानिसको शरीरिक सौन्दर्यको व्यापार गरिरहेको छ। मानिसमा गलत सौन्दर्यचेतको स्थापना गरेर सुरु गरेको उत्पीडन टिकाइराख्नलाई विविध किसिमका संसाधनको प्रयोग गरिंदै आइएको छ। सौन्दर्य प्रसाधन र श्रृङ्गारलाई हतियार बनाई पुँजीवादीहरूले कसरी महिला शोषण गरिरहेका छन् भन्ने कुराको चित्रण एभेलिन रिड, जोसेफ ह्यान्सेन तथा म्यारी एलाइसले ‘कस्मेटिक्स, फेसन एण्ड दि एक्सप्लोएटेसन अफ वुमिन’ मा गरेका छन्।

कस्मेटिक्सका सामान, कस्मेटिक सर्जरी तथा सौन्दर्य प्रतियोगिता जस्ता साधन र साध्यहरूको प्रचुरताका साथ प्रयोग गरी विश्वव्यापी रूपमा बाह्य सुन्दरतातर्फ मान्छेहरूको ध्यानाकर्षण गरेर सचेत भनिने वर्गलाई समेत पुँजीवाद आफ्नो दास र उत्पीडनको सिकार बनाइरहेको छ।

पुँजीवादले महिलाको चेतनालाई ओझेलमा राखेर शरीरसँग निर्ममतापूर्वक कसरी खेलिरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण हो सौन्दर्य प्रतियोगिता। एकातिर अनुहार र शरीरको प्रदर्शन गराएर महिला सशक्तीकरणको प्रपञ्च रच्ने अनि अर्कोतिर महिला उत्पीडनलाई भित्रभित्रै दबाएर मानसिक रूपमा आघात पुर्‍याउने।

तपाईंको हाइट पुगेन, तपाईंको वजन धेरै भयो, तपाईं मेकअप नगरी आउनुभयो, सीधा भन्नु पर्दा तपाईंको अनुहार र शरीरलाई यसरी बिकाउन सक्दैनौं अर्थात् तपाईं हाम्रो लागि कुरूप हुनुहुन्छ। राम्री भएर होइन देखिएर आऊ, यहाँ सुन्दरता त्यो हो जे देखिन्छ। कामवासनाले तिमीलाई हेरेर र्‍याल काढ्न सक्नुपर्‍यो। तिमी यस्तो हुनुपर्‍यो तिमीलाई देख्ने बित्तिकै पुरुषत्वले आफ्नो सीमा बिर्सियोस्। यही होइन त सौन्दर्य प्रतियोगिताभित्रको सौन्दर्य ?

तिम्रो स्टेजमा पारिजात, हेलेन केलर र झमक घिमिरेका शब्दहरू क्याट वाल्क गर्न सक्लान् ? तिम्रो स्टेजमा फ्लोरेन्सका सामाजिक भावनाहरूले डुबुल्की मार्न पाउलान् ? तिम्रो स्टेजमा मेरो गाउँमा घाँस दाउरा गर्ने दिदीको च्यातिएको पछ्यौरी अटाउला ? नरभक्षीको पासोबाट उम्किएका आधा जलेको शरीरमा तिम्रो स्टेजले सौन्दर्य भेट्टाउला ? बाँच्नकै लागि दिनदिनै मरिरहेका दिदीबहिनीको वेदना वास्तविक अर्थमा समेट्ला रु फगत अनुहार र शरीरको मापन गरेर सुन्दरता शब्दको मान र गरिमाको धज्जी उडाउने यस्ता प्रतियोगिताहरू पुँजीवादी अर्थ र सामाजिक व्यवस्थाको गुलाम सिवाय अरु केही पनि होइनन्।

यिनै प्रतियोगितालाई हेरेर हुर्किएको बाल मनस्थिति कस्तो होला ? कैयौं बालिका मिस फलानो बन्ने सपना देखेर हुर्किन्छन्, जहाँ शरीर सुन्दर बनाउने प्रशिक्षण सिवाय केही दिइँदैन। अनि जोसँग आफ्नो सुन्दरतालाई महसुस गर्ने सक्षमता हुँदैन ऊ नै वर्ण र स्वरूपलाई हेरेर अरुलाई अक्षम, कुरूप परिभाषित गर्न तम्तयार हुन्छ।

परिकल्पना गरेर मात्र एउटा स्वस्थ र समावेशी समाजको निर्माण गर्न सकिंदैन। त्यसका लागि समाजका सबै पक्षहरूले हिंसाको प्रतिरोध गर्नुपर्छ। पितृसत्तात्मक सोच र सङ्कीर्णताबाट समाजलाई बाहिर निकाल्न जरुरी छ, शिक्षा मात्र होइन चेतनास्तर पनि उकासिनुपर्छ। यस्ता आवाजहरू तबसम्म उठिरहने छन् जबसम्म मेरो समाजमा म निर्धक्कसँग बस्न, हाँस्न र हिंड्न सक्दिनँ, पाउँदिनँ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने