"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

No data was found

developer

इतिहासलाई फर्केर हेर्ने हो भने कुनै समय कुनैपनि मुद्रा अस्तित्वमा थिएन । केवल वस्तुसँग वस्तु साटेर भोगचलन गरिन्थ्यो । यसको केही समयपछि विस्तारै छाला, धातु तथा कागज लगायतका नोट अस्तित्वमा आए, जसले भौतिक बस्तु साटफेर गरेर कारोवार गर्दा हुने असहजतालाई समाधान गर्यो र हाल आएर कागजी नोट र सिक्का प्रचलनमा छन् ।

समय निकै परिवर्तन भएको छ । छाला र धातुका नोट विस्थापित हुँदै कागजी र सिक्काको प्रचलन आएर अहिले कागजरहित नगद कारोवार तथा डिजिटल बैकिङ्गको युगमा हामी रमाउन थालिसकेका छौं । ब्यक्तिहरु परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । समय क्रमसँगै वित्तीय साक्षरतासँगै डिजिटल साक्षरता पनि आवश्यक भइसकेको छ ।

वित्तीय साक्षरताको अर्थ आफ्नो वित्तीय श्रोतहरुलाई जीवनभर वित्तीय आरामका साथ बिताउन सक्ने गरी आफ्नो क्षमता, ज्ञान र सीपको प्रयोग गर्ने क्षमताको विकास गर्नु हो । अर्थात वित्तीय साक्षरता पैसा कमाउने र सदुपयोग गर्ने सम्बन्धी ज्ञान हो । यो कुनै विद्यालय, कलेजको औपचारिक शिक्षाले मात्रै प्रदान गर्दैन । यो आफ्नो परिवारका ज्येष्ठ सदस्य, छरछिमेक र अग्रज अनुभवी व्यक्तिहरुबाट प्राप्त गरिने ज्ञान समेत हो । यसको पहिलो जग भनेको आफ्नो आम्दानीको क्षेत्र तथा आफ्नो खर्चका क्षेत्रको पहिचान गर्ने हो । भावी वित्तीय लक्ष्य पहिल्याउने र उक्त लक्ष्य प्राप्त गर्न आफ्नो वित्तीय श्रोतको उचित व्यवस्थापनका आन्तरिक नियमको पालना गर्नु हो ।

वित्तीय शिक्षाले पैसालाई उचित ढंगले उपयोग गर्ने अवधारणासँग  परिचित गराउँछ । यसले विवेकशील खर्च, नियमित बचत र आफ्नो साधन र श्रोतबाट अधिकतम लाभ लिन प्रेरित गर्दछ । यसले आयआर्जन, खर्च, व्यक्तिगत बजेट निर्माण, वचत र ऋण प्राप्ति तथा समयमा ऋण भुक्तानी नगर्दा के हुने जस्ता विषयमा आधारभूत सीप प्रदान गर्छ । अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्ने योजना बनाउन, व्यक्तिगत बजेटको प्रयोग गरी बचत गर्ने क्षमता बढाउनेदेखि जोखिम व्यवस्थापन गर्ने रणनीति बनाउन सक्षम बनाउँछ । मूल रुपमा यसले अवकाशप्राप्त पछिको जीवनलाई सहज बनाउँछ ।

हाम्रो समाजमा अवकाश हुने भनेको जागीरदार मात्र हुन् भन्ने सोच छ । अवकाशको अर्थ प्रत्यक्ष पैसा आर्जनको निमित्त भौतिक रुपले उपस्थित हुन नसक्ने अवस्था हो । यो अवस्थामा व्यक्तिको जीवनयापन आरामसाथ बिताउन उमेर छँदै निश्चित प्रतिशतका दरले वचत गर्ने वानी बसाल्नुपर्छ । उक्त वचत आफ्नो क्षमता अनुकूलको क्षेत्रमा लगानी गरी आफ्नो निम्ति काममा लगाउन जान्नुपर्छ । उर्जाशील समयमा पैसा सदुपयोग गर्न सकेमा अवकाशप्राप्त समयमा उक्त पैसाले हाम्रो लागि काम गर्न सुरु गर्दछ । र, यसले बुढेसकालमा आफ्नो सन्तानमा भरोसा गर्नुपर्ने अवस्था नरही वित्तीय रुपमा स्वावलम्वी बनाउँछ ।

नेपालमा वित्तीय साक्षरताको अवस्था करीव १८ प्रतिशत मात्रै छ । तर बैकिङ पहुँचको अवस्था झण्डै ६१ प्रतिशत पुग्न थालेको छ । खाता खोल्नुपर्छ भन्ने थाहा भयो, त्यो बैकिङ पहुँचमात्रै हो । एउटा व्यक्तिले बैंक तथा वित्तीय संस्थापिच्छे खाता खोल्न पाउने व्यवस्था छ । पछिल्लो समय आम नागरिकलाई बैकिङ पहुँच बढाउन ‘बैंकसंगको नाताः हरेक नेपालीको बैंक खाता’ भन्ने नेपाल राष्ट्र बैंकको अभियान छ । त्यस्तै, रेमिट्यान्सको भुक्तानी बैंक खातामार्फत् हुने व्यवस्थाले पनि बैंक खाता संख्यामा बृद्धि भएको पाईन्छ ।

अझै पनि पैसा हुन्डीमार्फत् नेपाल भित्रिने गरेको छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ । व्यापार घाटा बढ्दै जाँदा रेमिट्यान्सले नै अर्थतन्त्र धानेको छ । रेमिट्यान्समा औपचारिक माध्यमबाट पठाएको रकम मात्र गणना हुन्छ । कुनै निजी व्यापारी, एजेण्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् पैसा पठाउने कार्यलाई हुन्डी भनिन्छ । यो अनौपचारिक माध्यम हो । यो रकम रेमिट्यान्समा गणना हुँदैन । यसरी पठाएको पैसा असुरक्षित हुन्छ र गैरकानुनी मानी यस्तो कार्य गर्नेलाई कानुनबमोजिम सजाय पनि हुन्छ । विदेशमा दुःख गरेर कमाएको पैसा अनावश्यक, अनुत्पादक क्षेत्र र विलासिताको बस्तुमा खर्च गर्नु हुँदैन । उत्पादनशील क्षेत्र तथा जोखिम कम भएका क्षेत्र र व्यवसायको छनोट गरी विदेशमा सिकेको सीप र अनुभवकै क्षेत्रमा लगानी गर्दा प्रतिफल सुनिश्चत हुन्छ । रेमिट्यान्समार्फत् स्वदेश आउने पैसामा बैंक तथा वित्तीय संस्थाले बढी व्याजसमेत दिने गरेका हुन्छन् ।

अझै पनि अधिकांश मानिस बैंकिङ विषयमा कम जानकार छन् । बैंक तथा वित्तीय संस्थाको बृद्धिसंगै डिजिटल नोटको समेत प्रयोग विश्व परिवेशमा भईरहँदा नेपालमा अझै पनि चेक लेख्ने खिच्ने, भौचरको प्रक्रिया जारी छ । एटीएम प्रविधिजस्ता वित्तीय कारोवारको प्रक्रियामै समेत धक मान्ने हिस्सा ठूलै छ भने अनलाइन कारोवार, मोबाइल, वालेट र शाखारहित बैंकिङ कारोवार त झन सपनाजस्तै छ ।
सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । अहिले बैंकिङ क्षेत्रमा आर्थिक कारोवारलाई डिजिटल माध्यमबाट सरलीकृत गर्ने काम भइरहेका छन् ।

प्रविधिको प्रयोगले हाम्रो परम्परागत जीवनशैली अव स्मार्ट जीवनशैली बन्दैछ । अहिले हाम्रो जीवनशैलीमा डिजिटल बैंकिङ जोडिएको छ । हामी विद्युत्तीय प्रविधिको माध्यमबाट नगदरहित कारोवार अर्थात् डिजिटल बैंकिङमा रमाईरहेका छौं । आइपिएस, कनेक्ट आइपिएस, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, किसान कार्ड, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, शाखारहित बंैकिङ, वालेट, फोन पे, पीओएस तथा क्यूआरमा आधारित कारोवार धेरैको रोजाई भएको छ । यसले परम्परागत तरिकाको नगद तथा चेकमार्फत हुने कारोवार गर्दा व्यहोर्नुपर्ने झन्झटबाट मुक्त गरेको छ ।

अहिले त बैंकमा खाता खोल्न, रकम ट्रान्सफर गर्न तथा कर्जा माग गर्न समेत बैँकसम्म धाउनु पर्दैन । विभिन्न बिल भुक्तानी मोबाइलको प्रयोग गरी तथा कार्डबाट सजिलै गर्न सकिन्छ । डिजिटल बैंकिङको प्रयोगले खर्चमा कटौती, सरल, सहज र छिटो सेवाप्रवाह, जुनसुकै समय र स्थानबाट कारोवार गर्न सकिन्छ । यसले उत्पादकत्व बृद्धि, समयको बचत, कागजी नोट छपाइमा लाग्ने खर्च कटौती, पैसाको सुरक्षा साथै स्मार्ट जीवनशैली बनाउन ठूलो भूमिका खेलेको छ ।

प्रविधिले बैंकिङ क्षेत्रको कारोबारसमेत मितव्ययी र पारदर्शी बनाई अनौपचारिक र अवैध कारोवारलाई निरुत्साहित गरेको छ । राजस्व चुहावट कम गरी राज्यलाई फाइदा पुर्याई रहेको छ । तर डिजिटल बंैकिङ प्रयोग गर्दा आफ्नो पासवर्ड र पीनकोर्ड गोप्य राख्ने, समय समयमा परिवर्तन गर्ने गर्नुपर्छ । सार्वजनिक स्थलमा उपलव्ध निःशुल्क वाईफाई सकेसम्म प्रयोग नगर्ने र कुनै पनि कारोवारको तत्काल सूचना पाउन मोवाईल अलर्टको सुविधा पनि लिनुपर्छ ।

कहिलेकाहीँ चिट्ठा वा उपहार परेको भनी प्रलोभनमा पारी बैंकसँग सम्बन्धित आफ्नो व्यक्तिगत विवरण जस्तै पिन नम्वर, खाता नम्वर, कार्ड नम्बर, जन्ममिति, नागरिकता नम्बर मागेर ठगी गर्न सक्छन् । यी विवरण दिनु हुँदैन । त्यस्तै आफ्नो नामको सिमकार्ड हराएमा सो नम्वर बन्द गर्न लगाई तुरुन्त बैंकमा जानकारी गराउनु पर्दछ । आफ्नो बैंक खाता सम्बन्धमा कुनै पनि शंका लागेमा बैंक शाखामा गई जानकारी गराउने र जानकारी लिने गर्नुपर्छ ।
विश्व परिवेश हेर्दा बंैकिङ पहुँचको नभई डिजिटल बंैकिङ पहुँचको विषय उठान गर्नुपर्ने भइसकेको छ । तर नेपालमा भने अहिले पनि ग्रामीण भेगमा बसोबास गर्ने जनसंख्याले बाणिज्य बैंकसम्म पुग्न औसत १३५ मिनेट समय खर्च गर्नुपरेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले नै सार्वजनिक गरेको छ । उता बेलायतमा विभिन्न ग्रामीण क्षेत्र भनिने ४ हजारदेखि १५ हजार जनसंख्या रहेको स्थानमा एटीएम बुथ नहुँदा बंैकिङ कारोवार गर्न समय लागेको विषय चुनावी मुद्धा नै बन्यो । त्यहाँ कानुन बनाएर एटीएम डेजर्ट समस्यालाई निराकरण गर्न २०१९ को चुनावअघि कन्जुमर एजेण्डा प्रकाशित भएको थियो । नेपालमा भने चुनावी नारामा वित्तीय सेवा सहज बनाउने जस्ता एजेण्डा परेको हामीले सुनिसकेका छैनौं ।

नेपालका राजनीतिक पार्टीहरुले समेत वित्तीय साक्षरता र शिक्षा विषयका एजेन्डालाई प्राथमिकता दिएका छैनन् । उता बैंक तथा वित्तीय संस्थाले चाहेर पनि त्यो भूमिका निर्वाह गर्न सकेनन् । फलस्वरुप डिजिटल बैंकिङको पहुँचका विषय अझै पनि ओझेलमा छ । अबका दिनमा अर्थतन्त्रको मेरुदण्ड वित्तीय क्षेत्रलाई हरेक तह र तप्काबाट प्राथमिकतामा पारिनु जरुरी छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन