माघ १४ धनगढी,
महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने आरोपमा कास्कीको रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भनिएका मुक्तिनाथ खनाल पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइ फकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।


