फागुन १८ धनगढी । बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीहरुले आज बैंककमा पैसा जम्मा नगरेर विरोध जनाएका छन् । बढाएको व्याजदर फिर्ता लिन दबाब स्वरुप व्यवसायीहरुले एक दिन नगद जम्मा नगरी विरोध जनाएका हुन । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विरोध स्वरुप व्यवसायीहरुले आज कुनै पनि बैंकमा नगद जम्मा नगरेर्र विरोध गरेको जानकारी गराए ।
बैंकले चर्को ब्याजद बढाए पछि पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको भन्दै विगत केही दिन देखि व्यवसायीहरु आन्दोलन गरिरहेका छन । ब्याबसायीहरुले दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गरिरहेका छन् । त्यसैगरी .बुधबार व्यवसायीहरुले ब्याजदर फिर्ता हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए ।
बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिश सम्म पु¥याए पछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । सात÷आठ प्रतिशत लिइदै आएको ब्याजदर एकैचोटी आधा भन्दा बढी बढाएर १७ प्रतिशत पु¥याए पछि ऋण तिर्न नसकेर व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुले बताएका छन । चर्को ब्याजले गर्दा व्यवसाय नै धरासयी भएको बताउदै उनीहरुले माग सुनुवाई नभएमा चैत १ गतेबाट आन्दोलनलाई सशक्त बनाउने बताएका छन् ।


