पृथ्वी लोहार भदौ १९ टीकापुर । कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिका वडा नंम्बर–२ स्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र रहेको मूलपानीमा नुहाउने क्रममा शनिवार फेरि एक जनाको र्मत्यु भएको छ ।
यस अघि मूलपानी मै पटक पटक गरी करिव आधा दर्जनले नुहाउने क्रममै ज्यान गुमाइ सकेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार जानकी गाउँपालिका वडा नंम्बर–८ पहाडीपुरका २० वर्षीय पुष्पराज उपाध्यायको मृत्यु भएको हो । उनी टीकापुरमै अध्ययनकै क्रममा आफन्त कहाँ बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चार पाँच जनाको समूहमा नुहाउन गएका उनिहरु मध्ये उपाध्याय दिउँसो करिव ४ बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएको र उनलाई साथीहरूले उद्दार गरी उपचारका लागि टीकापुर अस्पताल पु¥याए लगतै मृत्यु भएको हो । करिव साढे ४ वजे टीकापुर अस्पताल पुर्याइए लगत्तै पुष्पराजलाई अस्पतालले मृत घोषित गरेको बताईएको छ ।
पुष्पराज टीकापुरस्थित कर्णाली प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा सव–ओभरसियर अध्ययनरत भएको बताइृएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार प्रकाशित गरेको कक्षा १२ को परिक्षामा उनी उत्तीर्ण भएको बताइृएको छ ।
कक्षा १२ पास भएको खुशीयाली मनाउन उनी सहित साथीहरू मूलमानी पुगेका बताइएको छ ।
समाचार स्रोतका अनुसार मृतकको अनुहारमा हल्का चोट रहेको छ भने उनीसँगै नुहाउन गएका उनका साथीहरुलाई प्रहरीले घटनाका सम्बन्धमा सोधपुछ र थप अनुसन्धान गरिरहेको बताइएको छ ।
मूलपानीमा यस अघि समेत पटक पटक गरी आधा दर्जनले ज्यान गुमाइ सकेका छन् ।
टीकापुर नगरपालिका र जनशक्ति सामुदायिक वन उपभोक्ता समूहद्वारा त्यहाँ पर्यटकीय गन्तब्य प्रवद्र्धनका लागि भ्यु–टावर समेत निर्माण गरिएको छ । पटक पटक हुने यस्ता दुर्घटना न्युनीकरणका लागि नगरपालिका लगायत अन्य निकायले यसतर्फ बेलैमा ध्यान दिन जरूरी देखिएको छ ।