भदौ १९ धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्लाको सचिवमा विनोद विष्ट निर्बाचित भएका छन । शनिबार सम्पन्न कैलाली जिल्लाको छैटौ सम्मेलनले विष्टलाई सचिवमा निर्बाचित गरेको हो । सम्मेलनले ५५ सदसिय जिल्ला कार्य समिति निर्बाचित गरेको छ । निर्बाचित सदस्यहरुलाई नेपाल कम्यष्ुनिष्ट पार्टीका केन्द्रिय सदस्य बन्धु चन्दले सपथ ग्रहण समेत गराउनु भएको छ ।
छैटौ कैलाली जिल्ला सम्मेलनका प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य चन्दले एकिकृत जन क्रान्तीको बाटोबाट बैज्ञानिक समाजबादको यात्रा तय गरेको नेपाल कम्युनिष्ट पार्टीले जनताका समस्याहरुको सम्बोधन गर्ने बताउदै नेपाली जनताको एक मात्र मुक्तीको विकल्प नेकपा भएको बताउनु भयो ।
केन्द्रिय सदस्य चन्दले पार्टीका नेता कार्यकर्ताहरुले समेत अन्यपार्टीका नेता कार्यकर्ताहरु भन्दा फरक हुनु पर्ने बताउदै जन्ताका समस्या र सुख दुखसंग एकाकार भएर अगाडी बढ्न आग्रह गर्नु भयो । उनले क्रान्तिका अधुरा कार्यभारहरुलाई पूरा गर्दै जनताका सबै समस्याहरु समाधान गर्न गास,बास, कपास, शिक्षा, स्वाश्थ्य, रोजगार र सञ्चारको पूर्ण ग्यारेन्टी गरिनु पर्ने बताउनु भयो । प्रमुख अतिथि चन्दले कैलाली जिल्ला क्रान्तिका लागी उर्बर भूमी भएको बताउदै केही भगौडाहरुको पछि लागेर केही ईमान्दार नेताकार्यकर्ताहरुमा विचलन आए पनि अन्ततह नेकपामै फर्किने दावी गर्नु भयो ।
नेता चन्दले आउदै गरेको नवौ महाधिबेशनबाट पार्टीले जनताका सरोकारका विषयमा र देश र राष्ट्रियताका विषयमा अझै सशक्त योजना बनाएर अगाडी बढेने बताउनु भयो । त्यसैरी केन्द्रिय सदस्य डबल शाहले सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाएको बताउदै नेपाली जनताले त्यसको प्रतिकार गर्ने बताए ।
कैलाली जिल्ला सचिब गणेश ढकालको सभापतीत्वमा सम्पन्न छैटौ जिल्ला सम्मेलनमा कैलाली जिल्लाका आठ वटा पालीकाहरुकाबाट प्रतिनिधि पर्यबेक्षकहरुको सहभागीता रहेको थियो । त्यसैगरी कैलाली जिल्लाका कैलारी गाउँपालीका , जानकी गाउँपालीका, जोशीपुर गाउपालीस्का , भजनी नगरपालीका र टीकापुर नगरपालीकालाई मीलाएर अर्को जिल्ल बनाईएको छ । जसको प्रथम भेला यही भाद्र २० गते हुने भएको छ ।