विरेन्द्र पार्की, साउन १९ धनगढी । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्र ‘म’ साउन २० गते देखी देशभर प्रदर्शन हुने भएको छ । देशभरका फ्लिम हलमा प्रदर्शन हुने चलचित्रको म को प्रचार प्रसारमा टिम जुटेको चलचित्रको निर्देशक टिम मध्येका एक जनक सिहंले जानकारी गराएका छन ।
चलचित्र अरु भन्दा फरक कथा समेटिएका कारण दर्शकहरुले धेरै रुचाउने उनले जानकारी गराए । डेढ करोड बढी लागतमा निर्माण भएको चलचित्रले लगानी भन्दा बढी आम्दानी गर्ने अपेक्षा लिइएको छ । चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको सिहले जानकारी गराए ।
कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् । चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेको उनले बताए । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको उनले बताए ।


