"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपालमा जातप्रथा विगत र वर्तमान सम्म

No data was found

Khabar Raftar

पदम साउँद, वंशपरम्परा, धर्म, गुण आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समय देखि जातप्रथाले जरा गाडेर बसेको छ ।
जातप्रथाको उत्पति सम्बन्धी केही अवधारणहरु रहेका छन् ।

१) जातको दैवी अवधारणा ः आज भन्दा झण्डै तीन हजार वर्ष पहिल ेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ । जात मानवको वर्गसंग सम्बन्धित छ । यसर्थ धर्मसंग मात्र जोडेर जातको पुर्ण परिभाष हुन सक्दैन । पौराणिक कालमा हिन्दु परम्परा अनुसार प्रत्येक गाँउ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो । त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसारण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरुको सिर्जना गरिएको थियो बाह्रम्ण, क्षेत्री , वैश्य र शुद्र । समाजमा श्रम र सिपमा आधारित कामहरुमा रुचि राख्ने व्यक्तिहरु शुद्ध भनिन्थे । उत्पादनमुलक कृषि, व्यापार जस्ता कार्यमा रुचि राख्नेहरु वैश्य भनिन्थे सुरक्षा सेवा र शासन गर्नेहरु क्षत्रिय भनिन्थे । बौद्धिक काम गर्ने सल्लाह दिने शिक्षा दिने जस्ता काममा लाग्नेहरु बाह्रम्ण भनिन्थे । बाह्रम्ण शुद्र, वैश्य र क्षत्रियहरु आफै वा तिनका छोराछोरीहरु आफ्नो रुचि परिवर्तन गरी वा आफ्नो पेशा परिवर्तन गरी शुद्र, वैश्य क्षत्रिय र बाहम्ण हुन सक्दथे ।

२) शास्त्रीय अवधारणा ः आदिम समाजका मानिस जात र कुलमा सबै समान थिए । मानिस मानिसबिच असमानता र भेदभाव थिएन । यो मानवले आफै बनाएको समाजिक व्यवस्था हो । इसापुर्व ३०० देखि २०० सम्मलाई मनुस्यतिकाल भनिन्छ । वर्तमान हिन्दु समाजमा जरा गाडेर बसेका छुवाछूत र जातीय भेदभावको जड सोही समयलाई मान्न सकिन्छ । काममा व्यस्त हुनृे शुद्रहरु सिधासाधा हुने हुनाले उचित अथौपार्जनामा उनीहरु पछि परे । समाजका टाठाबाठाहरुले पनि कर्मयोगीहरुको श्रम शोषण गरे । उनीहरुलाई माथिल्ला जात भनिनेहरुको सेवामा लाग्न बाध्य बनाइयो ।

विश्वभरिका मानव समाजमा यसरी नै बलियाले निर्धोलाई धनीले गगरिबलाई बाठाले सिधासाधालाई हेप्ने र थिचोमिचो गर्ने प्रवृति देखिन्छ । परिणामस्वरुपतिनै टाढाबाठाले जातिगत समुह बनाए । उक्त समुहका सीमित र व्यक्तिहरुले छुवाछूतलाई धार्मिक कानुनका रुपमा समावेश गरे काम वा श्रमका आधारमा बनाइर्एको जात विभाजनलाई जन्मका आधारमा हुने बनाइया जात विभाजनालाई जन्मका आधारमा हुने बनाइयो ।

समाजमा जातिय विभेदमा आधारित कानुनहरु बनाएर प्रयोग गर्न थालियो । जातका आधारमा समाज विभाजन भए पछि अन्य विभिन्न कारणले हेपाइमा परेकाहरुलाई पनि शुद्र वर्गमा समावेश गर्न थालियो । युद्धमा हारेकाहरुलाई दास बनाए र शुद्ध वर्गमा समावेश गरी अमानवीय व्यवहार तथा दमन गर्ने कार्य गरियो । इतिहासको विभिन्नकालखण्डमा पाप वा दुषकर्म तथा घिनलाग्दा काम गर्ने व्यक्तिलाई समाजबाट बहिषकार गरे शुद्ध वर्गमा समावेश गरेको पाइन्छ ।

पछि सत्ता धारी र कुलीन वर्गलाई मन नपरेको व्यक्तिहरुलाई पनि शुद्र वर्गमा राखेर बहिषकारलाई बढावा दिने प्रचलन बसेको देखिन्छ । यसले शुद्रहरु प्रतिको समाजको दृष्टिकोण अझ नकारात्मक बन्दै गयो । यस अवस्थामा सबै शुद्रहरु एक भई प्रतिरोध गर्नुको साटो शुद्रहरुबिचमा पनि छुवाछूतको व्यवहारको सिर्जना हुन पुग्यो । यसरी जातिय भेदभावलाई धर्म र संस्कृतिसंग जोडेर व्यवहार गर्नथालेका कारण आजको दिन सम्म हिन्दु समाजबाट पुर्णत ः छुवाछूत हटन नसकेको देखिन्छ ।

३) व्यवहार जन्य अवधारणा ः आफ्नो रुचि, प्रतिका र आवश्यकता अनुसार काममा विशिष्टीकरण हुदै गएपछि बनेको जात प्रथा जन्मको आधारमा विभावन हुने गरि विकृत बनाउदै लगियो । धर्मको आडमा जन्म अनुसार जात विभाजनको प्रचलन सुरु भएसंगै सिपगत वर्गीकरण पुर्खौली र पुस्तौनी पेसा बन्न पुग्यो । यसले गर्दा शुद्रहरुको राजनीतिक , प्रशासनिक आर्थिक अधिकार गुम्दै गयो शुद्र र वैश्यहरुको राजनीतिक तथा प्रशासनिक अधिकारहरु पनि कुठित हुदै गए परिणमास्वरुप उनीहरुमाथिको विभेद मौलाउने मौका मिल्यो ।

बिसौ शताब्दीको मधये देखि नै विश्वमा मानव अधिकारको अवधारणा बलियो रुपमा स्थापित भएको छ । त्यसैले एक मानवले अर्को मानवलाई सम्मान गर्नुपर्छ कुनै प्रकारको हेपाइपुर्ण र विभेदयुक्त व्यवहार गर्नु हुदैन भन्ने मान्यता स्थापित भइसकेको छ । छुवाछूत पुर्णरुपमा अमानवीय कार्य हो र यसलाई पुर्णरुपमा हटाउनुपर्छ भन्ने कुरा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा दस्तावेजहरुमा व्यवस्था भइसकेको छ ।

त्यसको कार्यान्वयनका क्रममा समाजबाट धेरै हद सम्म यो सोचमा परिवर्तन पनि आइसकेको छ । तैपनि समाजमा अझै यो मान्यता पुर्णरुपमा हटन सकेको छैन । यसका लागी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र जनचेतनाको स्तरमा वृद्धि गर्नुपर्छ ।
नेपालमा समाजमा प्रचलित छुवाछूत प्रथालाई जङगबहादुरले वि.स. १९१० मा मुलुकी ऐन जारी भएर कानुनी मान्यता दिए पछि यो अझ कडा हुनपुगेको देखिन्छ । हाम्रो समाजमा विद्यमान जातप्रथा न त जैविक हो न धार्मिक हो । यो सामाजिक तथा आर्थिक वर्ग विभाजनका क्रममा विकास भएको कृप्रथा मात्र हो जसले पछि छुवाछूत सम्मको व्यवहारलाई स्थापित गरेको थियो । मानब शरीरका सबै अङगका आ–आफ्नै भुमिका हुन्छन ती एक अर्कामा अन्तरनिर्भर हुन्छन र सबैको संयुक्त सहकार्यबाट चल्दछन । त्यसैगरी समाज पनि एक शरीर जस्र्त हो ।

त्यसमा प्रत्येक सदस्यको आ–आफ्नो रुचि क्षमता र योग्यता अनुसारको भुमिका हुन्छ । उनीहरुको आपसी सहकायए र समन्वयबाट समाज चल्दछ वि.स. २००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातप्रथा र छुवाछूतको अन्त्यका लागि विभिन्न प्रयासहरु भएका छन । वि.स. २०२० सालमा बनेको मुलुकी ऐनले जातिय भेदभावलाई पुर्णरुपमा बन्देज गरेको थियो । त्यसपछि बनेका कानुनहरुले पनि यस प्रथालाई निरुत्साहन तथा यसको अन्त्य गर्ने प्रयासहरु गरेका छन । यस्ता प्रयासहरुका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछूत र भेदभावको अन्त्य हुन भने सकेको छैन ।

नेपालको संविधान २०७२ को भाग ११ धारा २४ मा उत्पति जात जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा निच दसाँउने जात जाति वा छुवाछूतका आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रासर गर्ने वा जातीम विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।

्साथै जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेद भाव कसुर र सजाय ऐन २०६८ दफा ४ को १ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा धर्म संस्कृति रीतिरिवाज, जात, जाति, वशं, समुदाय पेशा वा व्यवसाय वा शारीरिक अवस्था आधारमा यस बमोजिम कुनै काम गरे वा गराएमा जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको भनिन्छ । भनि कानुनी व्यवस्था गरिए पनि आजको यो प्रविधि र विज्ञानको युगमा समेत नेपालमा जात प्रथा अर्थात छुवाछूतले जडा गाडेकै छ ।         पदम साउँद मो. ९७४९७५१४२४

 

 

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन