जेठ ०३ धनगढी । अत्तरिया देखि धनगढीतर्फ आउँदै गरेको स्कुटर दुर्घटनामा हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित ब्यारेक चोक नजिक सुप०१०१४ प २६२८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–६ घर भएका ३७ वर्षीय प्रभाकर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले स्कुटर दुर्घटना हुदा भट्टराईको घटनास्थलमै ज्यान गएको जानकारी गराए । दुर्घटनाको कारण खुल्न नसकेको जानकारी गराउदै उनले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन ।
Post Views: 17


