चैत्र २६ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको छ ।
अत्तरिया–धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर–७ बस्ने ४५ वर्षीय ओम प्रकाश मल्लको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
Post Views: 9


