"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

No data was found

Khabar Raftar

चैत्र २६ काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेल सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसार पसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, पोखरेल तथा महराका छोरा राहुल सहित २८ जना र एउटा कम्पनीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको हो । अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

२०७९ साल पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरा सहितका व्यक्तिले काम गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी गराए । अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारतको महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो ।

चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो । माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय महरा शान्ति प्रक्रिया पछि निरन्तर सत्ता–शक्तिमा रहेका छन् । २०६३ सालमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका महरा पछि उपप्रधानमन्त्री सहित अर्थ, गृह, परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालय सम्हाल्दै सभामुख पनि बनेका थिए ।

पहिलो संविधानसभा चुनावलगत्तै चिनियाँसँग ‘नेपालमा सांसद खरिद–बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो सार्वजनिक भए पछि महरा विवादमा तानिएका थिए । त्यसैगरी २०७४ सालमा प्रतिनिधिसभाको सभामुख बनेका उनलाई संसद् सचिवालयमै कार्यरत एक जना महिलामाथि बलात्कार गरेको आरोपमा बालुवाटारमा रहेको सभामुख निवासबाटै पक्राउ गरिएको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण