मान्छेले मान्छेलाई गर्ने अपहेलना र जातीय विभेद चरम उत्कर्षमा पुगेका बेला सरकारले देखाएको सदासयताले सिङगो दलित समुदाय खुसी भएको छ । कुनै समयमा मान्छेलाई मान्छेले छुदा छोणो टिट्टो हाल्ने, सुनपानी छर्केने चलन विस्तारै हराउदै गए पनि अझै समाजमा हुने विभेद कायमै रहेको अबश्थामा सरकारले देखाएको सदासयताले दलित समुदायमा आशा पलाएको छ ।
मान्छेले मान्छेलाई गर्ने विभेद नया“सिरबाट विकसित हुदै गएको अबश्थामा अब कानुनको कार्यान्वयन हुने र जातीयय विभेदको सवालमा सरकार गम्भिर हुने आशा पलाएको छ । बर्षै बर्ष देखि जातीय उत्पीडनको जातोमुनी पीधीदै आएका दलितसमुदायलाई संसदको रोष्टमबाटै माफि माग्नुले नया“ अभ्यास भएको छ । अब दलितहरुले शहर बजारमा कोठा पाउन सहज हुने,दलित समुदायका युवाहरुले अन्तर््ाजातीय विबाह गर्दा समेत बलात्कारको मुद्धा खेप्नु पर्ने बाध्यताको अन्त्य हुने गरी सरकारले काम गर्नु पर्ने अबश्था आएको छ ।
मान्छे मर्दा समेत दलित समुदायले मृत लासलाई समेत सार्वजनिक बाटोबाट लैजान नपाउने सामुहिक आर्यघाटमा जलाउन नपाउने जस्ता समस्याहरुको सरकारले अन्त्य गर्ने छ भन्ने दलित समुदायले आशा गरेका छन । समाजमा रहेका उच्च भनाउदा अमानवीय ब्याबहार गर्ने मान्छेहरुलाई कारबाहीको दायरामा ल्याएर मान्छे सबै समान हुन भन्ने सन्देश दिन सरकार सफल हुने छ । दलित समुदायले भोग्दै आउनु परेको विभेदको पीडामा सरकारले माफी मागेर मलम लगाउने काम गरेको छ ।
अझै सरकारले क्षतीपुर्ती सहितको ब्याबश्था गरी दलित समुदायलाई राज्यको मुलधारमा ल्याउन नीति बनाउन जरुरी छ । आजको २१ औ शताब्दीमा पनि दलित समुदायले अपमानित हुनु पर्ने, जातीय विभेदको पीडा सहनु पर्ने अबश्थाको सदाका लागी अन्त्य गर्न जरुरी छ ।
नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौति दिने गरी हुदै आएका जातीय विभेदका घटनाहरुमा सरकारले जिम्मेवार बनेर काम गर्न जरुरी छ । बर्तमान सरकारले देखाएको सदासयताले जातीय विभेद जस्ता घटनाको अन्त्यका लागी अहम भूमीका निर्बाह गर्ने भन्ने विश्वास पलाएको छ । अपराधीलाई कानुनी कारबाही गरी समाजमा हुने विभेदको अन्त्य गरी सरकारले विश्वासलाई कायम राख्न जरुरी छ ।

