नेपाल जल सम्पदामा विश्वकै दोस्रो धनी देश हो । विद्युत उत्पादन गरेर मनग्य पैसा कमाउन सकिने भए पनि नेपालमा विद्युतको विकास हुन नसक्दा आम्दानी हुन सकेको छैन । जसले गर्दा नेपालको जल सम्पदा खेर गई रहेको छ । आफु उज्यालो भएर अरुलाई उज्यालो दिन सक्ने जल सम्पदाको धनी देश भए पनि यसको उपयोग हुन नसक्दा आमदानी पानीसंगै बग्दै गएको छ ।
नेपालमा हिउ“दको सुक्खायाममा बिजुली उत्पादन कम हुने गरेकाले त्यो समयमा भारतको भर पर्नु परेको छ भने बर्खामा बिजुली धेरै उत्पादन हुने भएकाले भारतलाई बेच्ने गरिएको छ । भारतमा हिउ“दमा बिजुली धेरै उत्पादन हुने भएकाले हिउ“दमा नेपालतिर आयात हुने गरेको छ । दुई देशबीच सम्झौता अनुसार लिने दिने काम भई रहेको छ । नेपालमा जलविद्युत्को अपार सम्भावना हु“दाहु“दै अझै पनि बिजुलीमा भारतको भर पर्नु परेको छ । तर पनि सरकारले प्रयाप्त उत्पादनको तयारी नगरेको अबश्था छ ।
ठूला आयोजनाहरूको निर्माण सम्पन्न गरेर विद्युत उत्पादन गरी उत्पादनलाई आन्तरिक र बाह्य बजारमा बिक्री गर्न सके नेपालको अर्थतन्त्र बलीयो हुने भएकाले सरकार त्यस तर्फ लाग्न जरुरी छ । ऊर्जाबिना कुनै उद्योगधन्दा चल्न सम्भव नहुने भएकाले अरु विकासका कामहरु थाती राखेर भएर पनि विजुलीमा सरकारले लगानी बढाउन जरुरी छ ।
सरकारमा जाने सबै नेताहरुले नेपालको जलसम्पदाको उपयोग हुने गरी काम गर्न जरुरी छ । नेपालले दीर्घकालीन योजना बनाएर बिजुलीको विकास गरी देशलाई आत्मनिर्भर बनाउन जरुरी छ । जल विद्युतमा लगानी गरौ, आत्म निर्भर बनौ भन्ने सोचका साथ अगाडी बढेर विजुली उत्पादन गरी बेचेर अर्थतन्त्रलाई बलीयो बनाउन जरुरी छ ।
जल विद्युतलाई पहिलो प्रथमीकतामा राखेर नेपाली जनताले सस्तोमा विद्युत उपयोग गर्न पाउने गरी प्रशस्त विद्युत उत्पादन गर्ने तर्फ सरकारको ध्यान जान जरुरी छ । विजुलीको उत्पादन बढाएर विदेशी लगानीलाई भित्र्याउन सकिने भएकाले सरकारले विलम्ब नगरी विद्युतमा लगानी बढाउनका साथै निर्माणाधीन योजनाहरुलाई समयमै सम्पन्न गरी देशलाई उज्यालो बनाउन जरुरी छ । विजुलीमा आत्मनिर्भर बन्न जल सम्पदाको सदुपयोग गर्न जरुरी छ ।

