"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

No data was found

Khabar Raftar

चैत्र २० अछाम । अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु गरिएको छ । नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था अनुसार अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु गरिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तरपुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनु पर्ने झन्झटिलो परम्पराको अन्त्य भएको छ ।

अछामका २४ वटै परीक्षा केन्द्रमा बिहीबार र शुक्रबार सञ्चालन भएका अंग्रेजी र नेपाली विषयको परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको हो । यस वर्ष अछामबाट कुल ४ हजार ९ सय ९१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जिल्लाका २४ वटा केन्द्रमध्ये प्राविधिक विषय पठनपाठन हुने ६ वटा विद्यालयका परीक्षार्थीहरूको केन्द्र भने अछाम बहुमुखी क्याम्पसमा तोकिएको छ, । शिक्षा विकास तथा समन्वय एकाइ अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईंले विशेष व्यवस्थाका साथ परीक्षा र परीक्षण कार्य अघि बढाइएको बताएका छन ।

जिल्लामा नयाँ अभ्यास व्यवस्थित ढंगले अघि बढेको बताउदै उनले ‘अछाममा अहिलेसम्म उत्तरपुस्तिका जाँच्ने क्रममा कुनै पनि समस्या नदेखिएको बताए । नयाँ व्यवस्थाले परीक्षा केन्द्रलाई अझ बढी जिम्मेवार बनाएको बताउदै उनले शिक्षा विकास तथा समन्वय एकाइलाई मुख्य समन्वयकारी भूमिकामा राखेको बताए । यसले स्थानीय स्तरमै जनशक्ति परिचालन र अनुगमनलाई प्रभावकारी बनाएको उनदले बताए । नयाँ निर्देशिकाले उत्तरपुस्तिका परीक्षणको सम्पूर्ण जिम्मेवारी र अधिकारलाई विकेन्द्रीकृत गरेको उनले बताए ।

विगतमा परीक्षा सकिए पछि सबै उत्तरपुस्तिका संकलन गरेर प्रहरी कार्यालयमा बुझाउने, त्यहाँबाट समन्वय एकाइमा ल्याउने र त्यसपछि मात्रै बोर्डले तोकेको अर्को जिल्ला वा केन्द्रमा पठाउने प्रक्रियाले गर्दा नतिजा आउन महिनौं लाग्ने र ढुवानीका क्रममा उत्तरपुस्तिका हराउने वा क्षति हुने जोखिम रहने गरेको उनले बताए । नयाँ कार्यविधिले परीक्षा भएकै दिन दिउँसो १२ बजेदेखि नै उत्तरपुस्तिका जाँच्न सुरु गर्न सकिने बाटो खोलेको उनले बताए । सदरमुकामस्थित शोडषा माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष वृकेश बोगटीले शिक्षा क्षेत्रको ठूलो उपलब्धि भएको बताए ।

नयाँ कार्यविधि अवसर र चुनौती दुवै र्भको बताउदै उनले पहिलेको लामो र झन्झटिलो प्रक्रिया अब इतिहास बनेको बताए । अब परीक्षा सकिएको केही दिनभित्रै सबै उत्तरपुस्तिका परीक्षण भइसक्ने भएकाले विद्यार्थी र अभिभावकले नतिजाका लागि लामो समय कुर्नु नपर्ने उनले बताए । हालै जारी भएको नयाँ निर्देशिकाले परीक्षणको गुणस्तर र गोपनीयता कायम राख्न कडा मापदण्डहरू समेत तोकेको छ । परीक्षा सञ्चालन भएकै विद्यालय वा केन्द्रलाई नै परीक्षण केन्द्र मानिएको र कार्यविधि अनुसार कुनै पनि विषयको परीक्षण कार्य सुरु भएको बढीमा तीन दिनभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

उत्तरपुस्तिका जाँच्नका लागि माध्यमिक तहमा अध्यापनरत अनुभवी शिक्षकलाई खटाइएको र कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने नियम बनाइएको छ । यदि कुनै परीक्षकको नजिकको नातेदार सोही केन्द्रमा परीक्षार्थी भएमा, नैतिकताका आधारमा जानकारी गराई उत्तरपुस्तिका फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था समेत निर्देशिकामा गरिएको छ । कार्यविधिले परीक्षक र सम्परीक्षकका लागि छुट्टाछुट्टै मसीसमेत तोकेको छ । जसअनुसार उत्तरपुस्तिका जाँच्ने शिक्षक परीक्षकले अनिवार्य रूपमा रातो मसी प्रयोग गर्नुपर्ने छ भने त्यसलाई पुनः जाँच गर्ने सम्परीक्षकले हरियो मसी मात्र प्रयोग गर्नुपर्ने छ ।

यसले गर्दा अंक दिने प्रक्रियामा पारदर्शिता कायम हुने विश्वास गरिएको छ । परीक्षण कार्य हुने कक्षमा सुरक्षालाई विशेष ध्यान दिँदै सम्भव भएसम्म सीसीटीभीको निगरानीमा काम गर्ने र परीक्षण कक्षभित्र मोबाइल फोन वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । उत्तरपुस्तिका परीक्षण सकिए लगत्तै अंकहरूलाई सिलबन्दी गरी शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनु पर्ने प्रावधानले अब एसईईको नतिजा प्रदेश स्तरबाटै प्रकाशन गर्न सहज हुने भएको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए