"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्दै

No data was found

Khabar Raftar

चैत्र २० धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्नु परेको छ । पहिलेको अस्पताल विकास समितिले सेवालाई सहज बनाएको भए पनि नयाँ बनेको समितिले ब्याबश्थापन गर्न नसक्दा विरामीले उपचारमा सास्ती खेप्नु परेको    हो । बिहिबार बिहानै आफ्नो बिरामी बच्चालाई काखमा च्याप्पेर सेती प्रादेशिक अस्पताल पुगेकी कैलालीको गोदावरी नगरपालिकाकी सरस्वती चौधरीले उपचार गर्न सास्ती खेप्नु परेको बताईन ।

बिहान ६ बजे देखि टिकट काट्न दुई घण्टा लाईनमा बसेर पनि आफ्नो पालो नआएको उनले बताईन । बच्चा बिरामी भएर उपचार गर्न ल्याएको,बताउदै उनले टिकट काट्नै समस्या हुने गरेको गुनासो गरिन् । सरस्वती जस्तै धेरै जसो बिरामी र तिनका आफन्तहरूले अस्पतालको टिकट काउन्टर अगाडी लामो समय लाइनमा उभिएका थिए । भीड, अव्यवस्थीत भिडले गर्दा सेवा लिन सास्ती हुने गरेको उनीहरुले बताएका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का कैलाश चन्दले चेकजाँच गराउन बिहानै अस्पताल पुगेको बताए ।

अस्पताल व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै उनले ज्येष्ठ नागरिक,महिला र बालबालिकालाई भिडमा लाइन बस्न निकै गाह्रो हुने गरेको    बताए । उनीहरूका लागि छुट्टै व्यवस्था हुनुपर्ने बताउदै उनले टिकट काट्ने प्रक्रिया छिटो बनाउन अनलाइन प्रणाली, छुट्टै काउन्टर र बस्ने सुविधाको ब्याबश्थापन गरिनु पर्ने बताए । त्यसैगरी कञ्चनपुरबाट उपचारका लागि आएकी धौली बोहराले पनि टिकटका लागी लामो समय देखि लाईन लागेको बताईन ।

घुँडा र कानको समस्याबाट पीडित उनले ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन र छिटो छरितो सेवा दिने ब्याबश्था गरिएको भए डाक्टरलाई देखाएर घर फकि सक्ने बताईन । उनी जस्तै अन्य वृद्धवृद्धाहरू पनि लाइनमा उभिन नसक्ने अवस्था हुँदाहुँदै बाध्य भएर लाईनमा बस्न पर्ने अबश्था रहेको छ । त्यसैगरी रमेश यादवले आफ्नो बच्चाको उपचार गराउन आएको बताउदै बिहान ६ बजे देखि लाइनमा उभिएको बताउदै दुई घण्टा सम्म पनि पालो नआएको बताए ।

टोकन सिस्टमको ब्याबश्था गरिएको भए घण्टौँ लाईनमा उभिनुपर्ने अवस्था हटने उनले बताए । स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका ७० वर्षीय सुरेन्द्र बोहराले पनि टिकट प्रणालीले समस्या बढाएको बताए । ‘स्वास्थ्य बीमा भएका र नभएका सबैले एउटै ठाउँमा टिकट काट्नुपर्ने अबश्थाले भिड बढाएको बताउदै उनले बीमा सेवाग्राही, ज्येष्ठ नागरिक, महिला र अन्य बिरामीका लागि छुट्टाछुट्टै काउन्टरको ब्यावस्था गरिनु पर्ने बताए । सुदूरपश्चिम प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पतालमा दैनिक सयौँको संख्यामा बिरामी उपचार गर्न आउने गरेका छन ।

अस्पताल प्रशासनका अनुसार मासिक रूपमा बाह्य (ओपीडी) सेवामा २० हजार भन्दा बढी, अन्तरंग सेवामा १५ सय भन्दा बढी, आकस्मिक सेवामा १५ सय भन्दा बढी र सामाजिक सेवा इकाइ मार्फत ६ सय भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका छन् । सेवा लिनेको संख्या बढ्दै जाँदा व्यावस्थापन पक्ष सुधार हुन नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन । विशेषगरी टिकट वितरण प्रणाली, लाइन व्यवस्थापन, सूचना प्रवाह र सेवा पहुँचमा सुधार आवश्यक रहेको उनीहरूले बताएका छन ।

अस्पतालमा आउने अधिकांश बिरामीहरू ग्रामीण क्षेत्रबाट आउने भएकाले उनीहरू बिहानै देखि लाइनमा बस्न बाध्य हुने गरेका छन् । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले सानो ढिलाइले पनि बिरामीको अवस्थालाई गम्भीर बनाउन सक्ने भएको छ । टिकट वितरण प्रणालीलाई व्यवस्थित बनाउन डिजिटल प्रविधिको प्रयोग गर्न आवश्यक छ । अनलाइन टिकट, टोकन प्रणाली, मोबाइल एपमार्फत पूर्व–बुकिङ जस्ता उपाय अपनाउँदा भिड नियन्त्रण गर्न सकिने उनीहरूले बताएका छन ।

ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाका लागि प्राथमिकता सेवा लागु गर्नुपर्ने उनीहरुले बताएका छन । त्यसैगरी अस्पताल प्रशासनले सीमित स्रोत र जनशक्तिका कारण समस्या समाधानमा चुनौती थपीएको जानकारी गराउदै सेवाग्राहीले तत्काल सुधारको अपेक्षा गर्ने गरेको जानकारी गराएको छ । स्थानीय सरकारले समेत यस विषयमा चासो दिनुपर्ने आवाज उठ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य अस्पताल भएकाले सेवाको स्तर सुधार गर्न आवश्यक देखिएको छ ।

हजारौँ सेवाग्राही दैनिक यस्तो समस्याबाट गुज्रिरहेका छन् । उनीहरूको एउटै अपेक्षा छिटो, सहज र व्यवस्थित स्वास्थ्य सेवा पाउनु पर्ने भएकाले समयमै सुधारका कामहरु गर्न जरुरी छ । त्यसैले सम्बन्धित निकायले यस्ता समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानतर्फ अग्रसर हुन जरुरी छ । अस्पताल प्रति जनविश्वास बढाउन सक्ने गरी कामगर्न जरुरी छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए