"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

No data was found

Khabar Raftar

चैत्र १९ धनगढी । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएसंगै उत्तरपुस्तिका परिक्षण पनि सुरु भएको छ । विहीबार देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएसंगै उत्तरपुस्तिका परिक्षण पनि सुरु भएकोहो । एसईई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७३ परीक्षाथी एसईई परिक्षमा सहभागी भएका छन् ।

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार नियमिततर्फ ४० हजार ७ सय १०, प्राविधिक धारका एक हजार ७ सय ७८ र ग्रेडवृद्धिमा ११ हजार ४ सय ८५ गरी ५३ हजार ९ सय ७३ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

सबैभन्दा बढी कैलालीमा १८ हजार २ सय ७८ परीक्षार्थी रहेका छन् । सबैभन्दा कम बाजुरामा २ हजार ४ सय २६ परीक्षार्थी रहेका छन् । त्यसैगरी कञ्चनपुरमा १० हजार ८ सय ९८, बैतडीमा ४ हजार ५ सय २९, अछाममा ४ हजार ४ सय ९१, दार्चुलामा ३ हजार ५ सय ६८, बझाङमा ३ हजार ४ सय २१, डोटीमा ३ हजार ३ सय १४ र डडेल्धुरामा ३ हजार ४८ जना परीक्षार्थी रहेका छन् ।

निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले विहीबार देखि उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको जानकारी गराएका छन । एसईईको नतिजा वैशाख महिना भित्रै सार्वजनिक गर्न निर्देशन केन्द्रबाट आएको बताउदै उनले सोही निर्देशन अनुसार विहीबार देखि कपी जाँचको काम पनि सुरु भएको बताए । सम्बन्धित परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्न सुरु गरिएको उनले बताए ।

परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिन भित्र परीक्षण सक्ने गरी व्यवस्थापन गरेको सूचना अधिकारी हरिजनले जानकारी गराए । यसअघि जिल्ला सदरमुकाम स्थित शिक्षा इकाइले परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन गरी अन्तरजिल्ला र प्रदेशमा परीक्षण गर्ने व्यवस्था मिलाउँदै आएको थियो । शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी हरिजनले प्रदेशभर २ सय २१ वटा परीक्षा केन्द्र रहेको बताए ।

परीक्षा सञ्चालनका लागि २ सय २१ जना केन्द्राध्यक्ष र ३ सय ७३ जना सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७ सय २८ जना निरीक्षक परिचालन गरिएको उनले बताए । हरेक परीक्षा केन्द्रमा १५ जनाका दरले प्रदेशभर तीन हजार ३ सय १५ जना प्रहरी, ४ सय ६९ जना परीक्षा सहायक र एक हजार १ सय ३ जना सहयोगी कर्मचारी खटाइएको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण