"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

No data was found

Khabar Raftar

चैत्र १८ धनगढी । कर्णाली नदीले हिउदको समयमा पनि कटान गर्न थालेपछि टीकापुर नगरपालीका वडा नम्बर–५ स्थित टीकापुर बृहत् उद्यान जोखिममा परेको छ । चैत महिनामा पनि कर्णाली नदीले उद्यानको पिकनिक स्थलतर्फ कटान गर्न थालेपछि टीकापुर बृहत् उद्यान जोखिममा परेको हो ।

कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा उद्यान क्षेत्रमा कटान बढिरहेको स्थानीयले बताएका          छन् ।“बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको स्थानीय सिंहराज बुढामगरले बताए । चैत्रमा पनि कर्णाली नदीले कटान गरिरहेको बताउदै उनले बर्खा लागेमा बस्ती जोखिममा पर्ने बताए ।

नदीले पार्क क्षेत्र कटान गरिरहेको बताउदै उनले यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुने बताए । पार्कको वनभोजस्थल देखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी र बालुवा थुपारेर टापुजस्तै बनाएको उनले बताए ।

टिकापुर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नदीको बहाव टीकापुरतर्फ बगिरहेको बताउदै पक्की तटबन्ध समेत नभएकाले यस वर्षको मनसुनमा नदीले कटान गरी बस्तीमा पस्ने उच्च जोखिम देखिएको बताए ।

“पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था नभएको बताउदै उनले समस्या समाधान तथा बृहत् उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिएको बताए । आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएको उनले जानकारी गराए ।

नगरपालिकाले बर्षेनी कर्णाली नदी कटानको जोखिम झेल्दै आएको बताउदै उनले कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले विभिन्न स्थानमा तटबन्ध निर्माण गरेको भए पनि यसको दिगोपनामा समस्या देखिएको बताए । टीकापुर नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वडा नम्बरं ५ को पार्क क्षेत्र, वडा नंम्बर ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत स्थानमा बर्षेनी कटान हुँदै आएको बताए ।

सिँचाइ आयोजनाले पहिले तारजालीको तटबन्ध बनाउँदै आए पनि दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) प्रयोग गरिरहेको भए पनि पछिल्ला दुई वर्षयता लगानी नभएकाले नदी नियन्त्रणमा समस्या भइरहेको बताए । सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभए पछि यसको स्वरूप परिवर्तन गरिएको बताए ।

“विगतमा कर्णाली नदीमा दर्जनौँ स्थानमा तटबन्धको काम भएको बताउदै उनले विश्व बैंकको सहयोग नभए पछि तेस्रो चरणमा खासै काम नभएको बताए । इन्टेक सहित तीन स्थानमा तटबन्ध निर्माण भइरहेको बताउदै उनले आयोजनासँग बजेट पनि सीमित भएको बताए । पुराना ठेक्का समयमै सम्पन्न नभएका स्थानमा अहिले काम भइरहेको उनले बताए ।

सिँचाइ आयोजनाले कर्णाली नदीको चिसापानी क्षेत्रमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर, जलविद्युत्, डिभिजन बक्स र आउटलेट सुधार, सिञ्चित क्षेत्र संरक्षण, सामाजिक सुरक्षा तथा वातावरण संरक्षण लगायत क्षेत्रमा काम गरिसकेको उनले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रस्ताव आएपछि जिल्ला स्तरमा छलफल गरी आवश्यक पहल गरिने बताए ।

सबै निकायसँग समन्वय गरेर उचित निर्णय लिने बताउदै उनले जनधनको क्षति हुन नदिन पहल गर्ने बताए । कैलालीका नदीमा भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन आग्रह गरेको बताउदै उनले कर्णाली नदी कैलाली र बर्दियाको सीमामा पर्ने भएकाले अन्तरजिल्ला समन्वय मार्फत विपद् व्यवस्थापनका काम अघि बढाइने बताए ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग