"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

No data was found

Khabar Raftar

चैत्र १७ धनगढी । धनगढी उपमहानगरपालीकाकी उप प्रमुख कन्दकला रानाले जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी निती तथा योजना दलितमुखि बनाउनु पर्ने बताएकी   छिन । सोमबार दलित महिला संघ फेडोले धनगढीमा आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको योजना निर्माण र अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि तालिममा बोल्दै उनले यस्तो बताएकी हुन ।

अझै दलित समुदायका महिलाहरु पछाडी भएको बताउदै उनले निती तथा योजना बानउदा समुदायका आधारभूत समस्याहरुलाई समेटेर बनाउनुका साथै बजेट छुट्याएर कार्यान्यवनमा लैजान सक्ने गरी सक्षम बन्नु पर्ने बताईन । बलात्कार,छुवाछूत र महिला हिंसा विरुद्ध आवाज उठाउनु पर्ने बताउदै प्रमुख अतिथी रानाले धनगढी उपमहानगरपालीकाले नीति तथा कार्यक्रम बनाउने समयमा सबैलाई समेटेर बनाउने गरेको बताइन ।

कक्षा ८,९ र १० का लागी जुठे दमाई छात्रबृती सुरु गरेको बताउदै उनले अब उच्च शिक्षाका लागी छात्रबृतीको ब्याबश्था गर्ने बताईन । बजेटको छलफल सुरु भई सकेको बताउदै उनले राम्रा कामको सबैले अनुसरण गर्नु पर्ने बताईन । दलित महिला संघसंग सहकार्य भई रहेका ेबताउदै उनले सक्रिय रुपमा सहभागीता जनाउदै आएको बताईन ।

सबै खाले हिंसाको अन्त्य गर्न र मानव अधिकारको रक्षा गर्न सबैले सक्रिय भएर लाग्नु पर्ने बताउदै उप प्रमुख रानाले आफुले यस्तै कार्यक्रमबाट सिकेर अरुलाई सिकाउने अभ्यास गर्नु पर्ने बताईन । त्यसैगरी कार्यक्रमकी विशीष्ट अतीथी गोदावरी नगरपालीकाकी उप प्रमुख शारदा रोकायाले दलित महिलाहरुको क्षमता अभिबृद्धी र सशक्तिकरण गर्न सकिएन भने विकास अधुरो हुने बताईन ।

अल्प संख्यक, एकल महिला, सिमान्तकृत महिला र पछाडी पारिएका बर्गसमुदायका महिलाहरुलाई अगाडी बढाउने योजना र कार्यक्रम बनाउन जरुरी भएको बताईन । उनले नीति तथा कार्यक्र्मा समेटेर उनीहरुका समस्यालाई समाधान गर्ने प्रयास गोदावरी नगरपालीकाले गरीरहेको बताईन । ज्येष्ठ नागरिक,महिला बालबालीका तथा जातीय विभेदलाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउदै उनले बजेट विनीयोजन गरी काम गर्ने बताईन ।

सिप विकास र उद्यमसिलतालाई प्राथमीकतामा राखेर काम गर्ने उनले बताईन । कार्यक्रमकी सभापती तथा दलित महिला संघ फेडो कैलालीकी अध्यक्ष सविना सुनारले “समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“नारा काफी भएको बताउदै सम्पूर्ण दलित महिला जनप्रतिनीधिहरुले निती तथा कार्यक्रम बनाएर बजेट छुट्याउनुका साथै कार्यान्वयनमा लैजानका लागी सक्रिय भूमीका निर्बाह गर्नु पर्ने बताईन ।

त्यसैगरी प्रदेश निर्बाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बजेटको विषयगत छलफल गरेर मात्र पास गर्नु पर्ने बताउदै निती तथा कार्यक्रम बनाउदा आवश्यक विषयलाई प्राथमीकता दिनु पर्ने बताए । उनले नीति तथा कार्याक्रम बनाउने देखि बजेट विनीयोजन गरेर कार्यान्वयन गरी सके पछि अनुगमन समेत गर्नु पर्ने विषयमा जानकारी गराएका थिए । उनले आफ्नो प्रस्तुतीमा सक्षम जन प्रतिनीधीले खेल्नु पर्ने भूमीकाका विषयमा सम्पूर्ण जानकारी गराएका थिए ।

अवश्यकतामा आधारित बजेट बनाउनु पर्ने बताउदै प्रमुख भट्टले कार्यान्वयनमा समस्या नहुने बताए । बस्तिका आवश्यकताहरुलाई प्राथमीकतामा राखेर योजना बनाउनु पर्ने बताउदै उनले योजना कार्यान्वयन भए नभएको अनुगमन पनि गर्नु पर्ने बताए । कार्यक्रम्मा सहभागी धनगढी उपमहानगरपालीका वडा नमबर ५ की दलित महिला सदस्य माया ताम्राकारले वडा कार्यालयमा आफ्ना कुराहरु सुन्ने गरेपनि नगरपालीकाले नसुन्ने बताईन ।

वडा कार्यालयले बनाएका कार्यक्रमहरु कार्यान्वयन हुने गरेको बताउदै उनले उपमहानगरपालीकाले कार्यान्वयनमा कन्जुस्याई गर्ने गरेको बताईन । त्यसैगरी बर्दगोरीया गाउँपालीकाकी कार्यपालीका सदस्य सरस्वती तिरुवाले लामो समय सम्म छल्फल गर्ने गरेको बताउदै योजना नसमेटीए फेरी छलफल गरेर मात्र बजेट पास गर्ने गरेको बताईन ।

उनले बजेट छुट्याउने मात्र नभई कार्यान्वयन पनि गर्नु पर्ने बताईन । गौरी गंगा नगरपालीका वडा नम्बर ६ की दलित महिला सदस्य बाटु विकले छुट्याएका बजेट पनि फ्रिज जाने गरेको बताउदै बोल्दा बोल्दै पनि केही नलाग्ने बताईन । कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य अम्वीका ताम्राकारले गेरकी थिईन ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प