बर्षातको समय आउनै लागेको छ । हरेक बर्ष देशमा बाढी र पहिरोले मान्छेहरुको ज्यान जाने गरेको अबश्था छ । सुदूरपश्मि प्रदेश पनि यसबाट अछूतो रहन सकेको छैन । अहिले फेरी बर्षातको समय सुरु हुने भएको छ । हरेक बर्षझै यस बर्ष पनि बाढी पहिरोका कारण सुदूरपश्मि प्रदेशमा धनजनको क्षेती नहोला भन्न सकिन्न ।
मान्छेहरुको ज्यान गुमाउने समय आउदै गरेकाले समयमै सचेत हुन जरुरी छ । हरेक बर्ष हुदै आएको मानविय र भौतीक क्षती कम गर्न सकिने गरी योजना बनाउन जरुरी छ । बाढी पहिरोका कारण हुने क्षेतीलाई न्यूनीकरण गर्न जरुरी छ । राति सुतिरहेकै अवस्थामा दिउसै हिडी रहेको अबश्थामा जतीबेला पनि विपत आउन सक्ने भएकाले सचेत हुन जरुरी छ ।
समयमै विपद प्रतिकार्य योजना बनाएर अगाडी बढ्न जरुरी छ । पहिरोले घर पुरिने, बाढीले मान्छे बगाउने, खेतीपाती बगाउने गरेकाले समयमै ध्यान दिन जरुरी छ । स्थानीय सरकारले बाढी, पहिरो र डुवानको समस्यालाई मध्यनजर गर्दै बजेट बनाउन जरुरी छ । अहिले बजेटको समय पनि आएको छ । संकटग्रस्त क्षेत्रका लागी उचित बजेटको ब्याबश्था गर्न पनि जरुरी छ ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, शसत्त प्रहरी , जनपद प्रहरी र अन्य सामाजीक संघसंस्थाहरु तयारी अबश्थामा राख्न जरुरी छ । उद्धारमा आवश्यक उपकरणहरु तयारी अबश्थामा राख्न जरुरी छ । प्रकृती प्रकोप निम्तीने सम्भावित स्थानबाट बस्तिहरु समय छदै स्थान्तरण गरी नागरिक प्रति सरकार जिम्मेवार बन्न जरुरी छ ।
भिरपाखा र खोला नजिकै रहेका बस्तीहरुलाई पहिरोले बगाउने गरेकाले यस्ता बस्तिहरुको अध्ययन अनुसंन्धान गरी सुरक्षित स्थानमा समयमै स्थानतरण गर्न आवश्यक छ । बाढी पहिरोको चपेटामा परी ज्यान गुमाउनेहरुको संख्या कम गर्न समयमै नीति बनाएर बजेट विनीयोजन गरी काम गर्न आवश्यक छ ।
जोखिम युक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानन्तरण गरी हरेक बर्ष हुने मानवीय क्षतिलाई कम गर्न आवश्यक छ । बर्षातको समय सुरु हुन गईरहेकाले सम्बन्धीत निकायले समयमै सचेत भएर लाग्नुका साथै मानीसहरुलाई विपदबाट बच्ने उपायबारे जानकारी गराउन जरुरी छ । खोलानालाका अतिक्रमण हटाएर डुबानको समस्या समाधान गर्ने गरी लाग्न जरुरी छ ।

