"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु

No data was found

Khabar Raftar

चैत्र १५ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले सुकुमवासीलाई जग्गा दिन नापजाँचको काम सुरु गरेको छ । सुकुमवासी तथा अव्यवस्थित बसोबासीका लागि गाउँपालिकाले भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयसँग समन्वय गरेर प्राविधि मार्फत नापजाँचको काम सुरु गरेको हो ।

भूमि समस्या समाधान आयोगले बैतडीका १० वटै पालिकाबाट सुकुमवासी तथा अव्यवस्थित बसोबासीको आवेदन सङ्कलन गरेको आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताए । जिल्लाभरी चार सय सुकुमवासी र दुई हजार सात सय अव्यवस्थित बसोबासीको आवेदन परेको उनले बताए ।

सुकुमवासीलाई जग्गा दिन पञ्चेश्वर गाउँपालिकाबाट काम सुरु गरिएको बताउदै उनले पञ्चेश्वर गाउँपालिकाबाट ५९ सुकुमवासी र चार सय अव्यवस्थित बसोबासी रहेको बताए । पञ्चेश्वर गाउँपालिकाले सङ्कलन गरेका मध्ये छानबिनका क्रममा ५९ सुकुमवासी प्रमाणित भएपछि जग्गा दिन प्राविधिकले नापजाँचको काम सुरु गरेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

सुकुमवासीलाई एकै ठाउँमा जग्गा दिन पञ्चेश्वर गाउँपालिका वडा नम्बर–४ को महाकली कोरिडोरसँग जोडिएको जाइबाटामा जग्गा नापजाँचको काम सुरु भएको उनले बताए । स्थानीय भूमि व्यवस्थापन सहजकर्ताका रूपमा काम गर्दै आएका नरीराम लोहारले एकीकृत बस्ती बसाल्न गाउँपालिकाले जाइबाटाको खाली जग्गा पहिचान गरेको बताए ।

एकीकृत बस्ती बसाल्न सके बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । सुकुवासीलाई जग्गा दिन गाउँपालिकाले सहजकर्ता परिचान गरेको छ भने भूमि आयोगले नापीसम्बन्धी काम गर्न प्राविधिक परिचालन गरेको आयोगका जिल्ला अध्यक्ष पाण्डेयले जानकारी गराए ।

उनले पञ्चेश्वर गाउँपालिकाका सुकुमवासीले पाउने जग्गा नापजाँच पछि अन्य पालिकामा काम सुरु गर्ने बताए । सुकुमवासीलाई जग्गा दिन पटक पटक आयोग बने पनि काम सुरु हुन सकेको थिएन । यस पटक जग्गा नापजाँचको काम सुरु हुँदा आशा बढेको सुकुमवासी रगी लुहारले बताए ।

सुकुमवासी २०५२ साल देखि जग्गा पाउने आसामा बसेका थिए । त्यसबेला गठन भएको गोविन्दप्रसाद कलौनी अध्यक्ष रहेको आयोगले बैतडीका २ सय ५० जनालाई लालपुर्जा समेत बाँडेको थियो । उक्त लालपुर्जा अनुसारको जग्गा भने कतै भेटिएको थिएन ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प