"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो

No data was found

Khabar Raftar

चैत्र १५ बाजुरा । बाजुराका महिलाहरुमा आलु खेती प्रति आकर्षण बढ्दै गएको छ । पहिले गाउँ बस्तीमा सडक सञ्जालको पहुँच नहुँदा र उत्पादन भएको आलु बजार सम्म नपुग्दा महिलाहरु आलु खेतीमा कमै लाग्ने गरेको भए पनि अहिले आलु खेती प्रति आकर्षण बढ्दै गएको हो ।

हाल सडक सञ्जाल विस्तार भएपछि, महिलाहरुले उत्पादन गरेको आलु घरकै आगनबाट बिक्री गर्न सक्ने भएका कारण उनीहरुको आलु खेतीमा आकर्षण बढ्दै गएको हो । बुढीगङ्गा नगरपालिका वडा नम्बर–४ साहुवाडाकी अमृता खातीले पहिला गाउँमा सडक नभएको र गाडी पनि नआउने बताउदै अहिले गाडी घरको आगनमै आइरहेको बताईन ।

उत्पादन गरेको आलु सजिलै बजार पठाउन सकिने र आलु खेतीबाट राम्रो आम्दानी भएकाले महिलाहरुको आर्कर्षण बढ्दै गएको बताईन । पहिले गाउँमा धान, गहुँ, जौजस्ता अन्नबाली बढी लगाउने गरिएको बताउदै उनले अहिले आलु खेतीले जिविकोपार्जन सहज भएकाले स्थानीयले अन्नबाली भन्दा बढी आलु खेती गर्न थालेको बताईन ।

बाजुराका हिमाली क्षेत्र, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा आलु राम्रो उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा उत्पादन हुने आलु प्रायः स्थानीय जातको हुने र गाई, भैँसी, भेडाबाख्राको मल प्रयोग गरी उब्जाइने भएकाले बाजुरामा आलु खेतीका लागि जमिन उपयुक्त भएको ज्ञान केन्द्रले जानकारी गराएको छ ।

अहिले उत्पादन भएको आलु जिल्ला बाहिरका बजारसम्म पुग्ने गरेको बताइएको छ । उत्पादन हुने आलु लोकल र अर्गानिक भएकाले देशभर माग हुने गरेको किसानले बताएका छन । कृषि ज्ञान केन्द्रले स्थानीय किसानको उत्पादन बजारसम्म पु¥याउन ढुवानी अनुदानको व्यवस्था पनि गर्दै आएको छ ।

विगतका केही वर्षमा बाजुराबाट सयौँ क्विन्टल आलु जिल्ला बाहिर बिक्री भएको छ । करिब एक हजार ९ सय २५ हेक्टर जमिनमा झण्डै २० हजार ४ सय ७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प