"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न शिक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण

No data was found

Khabar Raftar

चैत्र १४ धनगढी । कैलालीको गेटामा चिकित्सा शास्त्रको अध्ययन सुरू गराउन तथा शीघ्र तीन सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन नवनियुक्त शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

संघीय सांसद केपी खनालको नेतृत्वमा गएको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अविलम्ब चिकित्सा शिक्षा सञ्चालनको वातावरण बनाउन शिक्षा मन्त्री सस्मित पोखरेलसँग आग्रह गरेको छ ।

टोलीमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिस्टार डा. खेमराज जोशी, डा. भीमबहादुर चन्द तथा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) लगायत सहभागी थिए ।

मन्त्रालयमा भएको छलफलका क्रममा टोलीले चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न आवश्यक पूर्वाधार निर्माण गर्न, कम्तिमा ३ सय शय्याको अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण पारित गर्न, अस्पताललाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गरी आधुनिक उपकरण सहित विशेषज्ञ सेवा सञ्चालन गर्न माग राखेको थियो ।

संघर्ष समितिका संयोजक पाण्डेयका अनुसार चिकित्सा सेवा र शिक्षा विस्तारका लागि आवश्यक बजेट सुनिश्चित गर्न, विश्वविद्यालयमा पदपूर्ति समिति गठन गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न पनि जोड दिइएको छ ।

सांसद खनालले आगामी आर्थिक वर्षमै चिकित्सा शिक्षा अध्ययन सुरु गर्नुका साथै ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउनु पर्नेमा विशेष जोड दिएका थिए । जवाफमा शिक्षा मन्त्री पोखरेलले चाँडै विश्वविद्यालय सभा बस्ने बताउदै आवश्यक बजेट व्यवस्थापनका लागि आफू सक्रिय रहेको बताएका थिए ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए