"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाह्र वर्षपछि कञ्चनपुरको दोदा नदीमा पुल निर्माण

No data was found

Khabar Raftar

चैत्र १३ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ साल पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

सम्झौता अनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जानकारी गराएको हो ।

पुल निमार्णको सम्झौता अनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भए पनि पुलको फाउन्डेसनमा समस्या देखिए पछि डिजाइन परिर्वतन हुँदा पुल निर्माण हुन १२ वर्ष लागेको हो ।

“पुलको फाउन्डेसनमै समस्या देखिए पछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लागेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले बताए ।
पुल निर्माण सम्पन्न भएर आवत जावत सुरु भइसकेको बताउदै उनले पुल निमार्णका लागि तीनपटक सम्म म्याद थप गरिएको बताए ।

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयले आवत जावतमा समस्या झेल्दै आएका थिए । “पुल बनेपछि आवतजावतमा सहज भएको बताएदै स्थानीय भूपेन्द्र चौधरीले वर्षात्मा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए ।

पुल बनेपछि स्थानीयलाई राहत भएको बताउदै उनले नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको बताए ।

त्यसैगरी स्थानीय रमेश महरले नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती भएको बताउदै पुल बनेपछि सहज भएको बताए । नदीमा पुल नहुँदा स्थानीयले रोपाइको सिजनमा सास्ती खेप्दै आएको उनले बताए ।

पुल निमार्णका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयामा ठेक्का सम्झौता भएको थियो ।

भर्खरै

शिक्षा क्षेत्रलाई नियमन गरौ
महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु
मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस
ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन
सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ
सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न
बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो
अपाङ्गता भएका बालबालिकाको समावेशी विकासका लागि अभिभावकसँग अन्तरक्रिया
असल नागरिकको भूमीका निर्बाह गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शिक्षा क्षेत्रलाई नियमन गरौ

mahakali

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित

baita

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु

tat

मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस

1

ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन

b9c240d5-9a8f-4fc0-945d-853c51c5bb9d

सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ

e0d418a3-1487-436f-a389-fc8f80a967d2

सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

c21dd591-1f03-4594-b7a9-f7fabce012a5

बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो