बातारण स्वस्थ रहे हामी स्वस्थ रहने भएकाले बाताबरण स्वच्छ सफा हुन जरुरी छ । बाताबरण स्वच्छ सफा हुनलाई बन जंगल जोगाउन जरुरी छ । हरियो बन नेपालको धन भएकाले त्यसको सुरक्षा र संरक्षण गर्न जरुरी छ । आजकाल बन क्षेत्र मासिदै गएकाले विभिन्न विपत्तिहरु आउन थालेका छन । बनमा चोरी शिकारी हुने गरेको छ । अतिक्रमण हुदै आएको छ ।
यसरी नासिदै आएको बचेको बन क्षेत्र डढेलो लागेर नासिदै गएको छ । वन रहे हामी रहन्छौ भन्ने चेतनाको विकास गरी बनलाई हराभरा बनाउन जरुरी छ । घर, टोल, छिमेक हरेक क्षेत्रमा रुख रोप्न जलरुरी छ । प्रत्येक वर्ष नेपालका वन जंगलमा लागेको डढेलोले गाउघरमा समेत क्षेती हुने गरेको छ ।
फेरी डडेलो लाग्ने समय सुरु भएको छ । हामीले सचेत हुन जरुरी छ । आगलागीका विषयमा चेतना फैलाउन जरुरी छ । मान्छेहरूको लाफरबाहीका कारण डढेलो लाग्ने भएकाले हामी सचेत हुन जरुरी छ । वनमा आगो लगाए नयँ“ घा“सपात पलाउ“छ भन्ने भ्रम चिर्न पनि जरूरी छ ।
डढेलोले घा“सपात र झारमात्रै नभइ रुखै पनि सखाप पार्छ भन्ने कुरा बुझन जरुरी छ । वनस्पतिस“गै जीवजन्तु पनि मर्ने र पर्यावरणलाई पनि विगार्ने भएकाले आगलागीका घटनाहरु हुन नदिने गरी ब्याबश्थापन गर्न जरुरी छ । वारुणयन्त्र लगायत अग्नि नियन्त्रक उपकरण र स्रोत साधनको ब्याबश्थापन गर्न जरुरी छ । देशभर लाग्ने डढेलोका घटनाहरुलाई कम गर्न हामी सबै सक्रिय हुन जरुरी छ ।
डढेलोकै कारण हुन जन धनको क्षती कम गर्न सबैको सहकार्य आवश्यक छ । डढेलो लाग्नै नदिने उपायका साथ सरकारले लाग्न जरुरी छ । हरियो बन नेपालको धन भएकाले यसको संरक्षणमा सबैले मन लगाउन जरुरी छ ।
हरियो बन नेपालको धनलाई चोरी शिकारी, अतिक्रमण र डढेलोबाट बचाई मानव जीवनको रक्षा गर्न हामी सबै एक भएर लाग्न जरुरी छ । बन जंगलको सुरक्षामा मन लगाउन जरुरी छ ।

