"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको जडाङ्गामा रहेको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने

No data was found

Khabar Raftar

चैत्र ११ बाजुरा । बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर–२ स्थित दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको हो ।

गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले बेलिब्रिज पुलको शिलान्यास गरेका थिए । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गास्थित प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख जनकबहादुर बोहराले जिल्लाका चारवटा स्थानीय तहका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण गर्न लागिएको बताए । पुल यसअघि पनि दानसाँघुमा सार्ने पहल गरिएको बताउदै उनले केही समय विवाद भएको बताए । पछि सहमति भए पनि आर्थिक अभावका कारण लामो समयसम्म जडाङ्गा खोलामै रोकिएको उनले बताए ।

बुढीनन्दा नगरपालिकाको पहल तथा सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उनले जानकारी गराए । पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा रहेको बताउदै उनले सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज उपयोगी भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि प्रयोगविहीन बनेको बताए ।

सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रुपैयाँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ । साँफे–मार्तडी सडक खण्ड अछामको साँफेबगर देखि मार्तडी सम्म करिब ५७ किलोमिटर लामो छ भने मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटरको दूरी रहेको छ । त्यसैगरी कोल्टी देखि धुलाचौर सम्म करिब १६ किलोमिटर सडक रहेको छ ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते